
Rgp1
Sgr
pku
Pbu
Ggp
Rgp
Unsku
Srbpu
Lnp

Rgs
Rgu
Rgu
Hal
Sls
Bbbpu
Pvg
Ssm
Ggd
nsb
Gst
Ksm
Bbu
Asm
Rsb
Sbs
Tsm
Wsp
Vor

Rmb
Jmb
Jmb
Mks
Abd
Rpp
Pls
Ptm
Syp
Bml
sab
Gsb
bbt
दाङ । घोराही उपमहानगरपालिका-५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
रोजगारीका सिलसिलामा मलेसिया र भारतमा केही समय बिताउनुभएका ४५ वर्षे केसीले विसं २०७१ सालदेखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका हुन् । ‘मलेसियामा तीन वर्ष काम गरे, त्यहाँबाट फर्केपछि कामको खोजीमा भारत पुगे । तर त्यहाँ पनि भने जस्तो काम पाउन सकिन, त्यसपछि घरमै पशुपालन गर्ने योजना बनाएँ’, उनले भने । उनका अनुसार पशुपालनबाट हाल मासिक रु दुई लाख आम्दानी भइरहेको छ ।
उनी आफ्नो फार्ममा उत्पादित ३० लिटर र बाँकी गाउँमा उत्पादन भएको दूध सङ्कलन गरी बिक्री गर्छन् । विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा आम्दानी गर्न गाह्रो नहुने उनको बुझाइ छ ।
‘विदेशमा १८ घण्टा काम गर्छौँ र कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ तर कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ”, केसीले भने। उनले हाल चारजना स्थानीयलाई रोजगारी पनि दिएका छन् ।
उनी मालती बहुउद्देश्यीय पशु तथा कृषि फार्म स्थापना गरी पशुपालन गरिरहेका छन् । उनको फार्ममा १८ वटा भैँसी र तिनका पाडापाडी छन् । केही दूध डेरी पसल र होटलमा दिन्छन् भने बाँकी घरघर लगेर बिक्री गर्छन् । रासस
