
Unsku
Rgp1
Ggp
pku
Srbpu
Sgr
Lnp
Rgp
Pbu

Rsb
Asm
Sls
Pvg
Tsm
Gst
Ssm
Hal
Vor
Bbu
Ggd
nsb
Rgu
Bbbpu
Rgs
Sbs
Ksm
Rgu
Wsp

Gsb
Ptm
sab
Jmb
Pls
Rpp
Jmb
bbt
Syp
Mks
Rmb
Bml
Abd
दाङ । राष्ट्रिय पूँजी सिमित ब्यक्तीहरुको हातमा केन्द्रिकृत हुँदा देशको अर्थतन्त्र संकटमा रहेको र ब्यवसायीहरुमा त्यसको सिधा असर परेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
गढवा उद्योग बाणिज्य संघको शनिवार गढवामा सम्पन्न आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई संबोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो ।
संघका अध्यक्ष खिमबहादुर बुढा मगरको अध्यक्षता र महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले राष्ट्रिय पूँजी सिमित ब्यक्तहरुको हातमा रहनुका कारण आर्थीक मन्दि मौलाएको र ठूलो संख्यामा युवा जनशक्ति बिदेश पलायनको भै रहेको बताउनु भयो । देशमा भएका कलेजहरुमा अध्ययन नगरेर आज ठूलो संख्यामा बिद्यार्थीहरु बिदेश पलायन भैरहेको स्थितीले भविश्यका दिनहरुमा देशमा दक्ष जनशक्तिको अभाव रहने र देश थप संकटमा फस्दै जाने उहाँले बताउनु भयो । देशमा राजनितीक स्थिरता नहुँदा अर्थतन्त्र धराशायी भैरहेको र सरकार ब्यवसायीहरुका समस्या समाधान तर्फ उदासिन रहेको शर्माले बताउनुभयो ।
कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश सदस्य देवि प्रसाद पाण्डे, प्रदेश महिला सदस्य साहाना श्रेष्ठ, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकी,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग शाह, कपिलबस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष,राप्ती उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रेम केसी, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रश्मीराज खड्का,सिसहनीया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति दयाराम यादव, नागरीक समाजका उपसंयोजक खगेश्वर शर्मा,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोखे्रल,वडा सदस्य दिनमणि आचार्य, नेपाली काँग्रेस गढवाका पूर्व उपसभापति कृष्णराज पाण्डे,एमाले गढवाका ईन्चार्ज सहजराम यादव,माओवादी केन्द्र गढवाका उपाध्यक्ष्र देवराज यादव, राष्ट्रिय जनमोर्चाका टुकमान कँवर,एकिकृत समाजवादी गढवाका अध्यक्ष गोबिन्द रोका, जनता समाजवादीका अध्यक्ष महबुव अली मुसलमान, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी, गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष स्व.रामबहादुर बुढाथोकीको दुखद निधन प्रति गहिरो शोक ब्यक्त गर्दै शोकाकूल परिवारजनमा समबेदना प्रकट गर्दै शोक प्रस्ताब पारीत गरिएको थियो । सचिव मधा न्यौपानेद्धारा संस्थागत प्रतिवेदन तथा बार्षिक कार्ययोजना र कोषाध्यक्ष खुमानन्द पोखे्रलद्धारा आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । सो अवसरमा संचार माध्यम र बिभिन्न कोणबाट संघको स्थापना देखि हालसम्म योगदान दिएको भन्दै युगबोधकर्मी शिबराज पन्थी र कानूनी सल्लाहकार बरिष्ठ अधिबक्ता घनश्याम थापालाई सम्मान गरिएको थियो ।
संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तब्यबाट आरम्भ भएको साधारणसभा तथा अधिवेशनको सहजीकरण उपाध्यक्ष ओम प्रकाश बसेलले गर्नु भएको थियो । संघको शनिवार बेलुकीसम्म सम्पन्न बन्दशत्रमा सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि ३० गतेसम्म सहमतिको प्रयास गरिने र सो हुन नसकेमा ३० गतेदेखि निर्वाचन कार्यतालिका बमोजिम काम गर्ने गरि निर्वाचन समिति गठन गरिएको छ । संस्थापक अध्यक्ष युवराज पोखे्रलको संयोजकत्वमा कानूनी सल्लाहकार घनश्याम थापा,सल्लाहकार उमाकान्त पन्त र निवर्तमान अध्यक्ष रविलाल आचार्य रहनु भएको छ ।

