
Lnp
Ggp
Rgp1
pku
Srbpu
Unsku
Rgp
Pbu
Sgr

Sls
Asm
Vor
Pvg
Rgu
Gst
nsb
Tsm
Sbs
Wsp
Ssm
Hal
Rgs
Ksm
Bbbpu
Rgu
Ggd
Rsb
Bbu

Pls
Abd
bbt
Bml
Gsb
sab
Rmb
Mks
Jmb
Ptm
Syp
Rpp
Jmb
दाङ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि शनिबार राप्ती गाउँपालिकाको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजना तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा कमरोड देखि सिसहनियाँ बजार, कालापानी स्थित खाैराहाबाबा पर्यटकीय स्थल, पिपरी बजार र माैरीघाट बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले जानकारी दिएका छन् ।
दशैंको सुरूवात भोली असोज २८ गते घटस्थापना देखि सुरू हुँदै छ । चार्ड पर्व सुरू हुनु पुर्व बजार क्षेत्र तथा तथा धार्मिक तथा पर्यटकीय क्षेत्र र सार्वजनिक स्थानहरूलाई सफा सुन्दर राख्न बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष बेल्वासेले जानकारी दिएका छन् ।
सरसफाईका क्रममा झाँडी सफा गर्ने र फोहोर वस्तु हटाउने कार्य गरिएको थियोे । सरसफाई कार्यक्रममा चेम्बरका पदाधिकारी तथा सदस्यहरू, सिसहनियाँ उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय सिसहनियाँ, हाप्किडो मार्सल आर्ट, टोल विकास संस्था, क्लव, अटो व्यवसायी, बजारबासी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
