
Pbu
Rgp
Sgr
Unsku
pku
Lnp
Srbpu
Rgp1
Ggp

Rgu
Asm
Sls
Bbu
nsb
Bbbpu
Pvg
Wsp
Sbs
Rsb
Ksm
Vor
Rgs
Ssm
Tsm
Ggd
Gst
Hal
Rgu

Syp
Jmb
Pls
Ptm
bbt
Gsb
Rpp
Abd
Mks
Bml
Rmb
Jmb
sab
काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो । समाजले १६ जना अधिकारकर्मी पक्राउ परेको जनाएको छ ।
त्यस्तै उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशाेधन विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते बिदा दिने निर्णय खारेज हुनुपर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने माग राखेका छन् ।
मानवअधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही सञ्चालन गरिरहेको देशव्यापी अभियानका क्रममा यो प्रदर्शन आयोजना गरिएको जनाएको छ ।अनलाइनखबर
