
Csb
Rks
Rsb
Tgp
Gsb
Ppu
Bsn
Ssb
Ksb
Nsb
Ksb
Fmb
Ssb
Usb
jsb
Ksb

Hl1
Ssb
Gsb
Tsb
Usb

ptl
Rgu
Nps
काठमाडाै । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो ।
गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि सीडीओ र सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ । चाडपर्वलाई व्यवस्थित बनाउन र आपूर्ति प्रणाली सहज बनाउन निर्देशन दिइ सकिएको पनि गृहले जनाएको छ ।
