
Rgp1
Sgr
Pbu
Lnp
Srbpu
Unsku
pku
Ggp
Rgp

Pvg
Sbs
Bbbpu
Bbu
Wsp
Ggd
nsb
Vor
Ssm
Rgs
Hal
Rgu
Rsb
Tsm
Rgu
Asm
Sls
Ksm
Gst

Syp
Rmb
Abd
sab
Mks
Pls
bbt
Rpp
Bml
Jmb
Ptm
Jmb
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मालाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगायतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत भर्नु भएको हो । नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा जिल्ला प्रशासन कार्यालय घोराही दाङबाट सरुवा भई गढवा गाउँपालिकामा आउनु भएको हो ।
अमरराज शर्माले गढवा गाउँपालिकाको पाचौं प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्नु भएको छ भने यस भन्दा पहिले ऋषिराम केसी, नोखिराम ओली, लाल बहादुर योगी र आशिष चौधरी प्रमुख प्रशासकीय अधिकृतको रुपमा गढवा गाउँपालिकाकामा काम गरिसक्नु भएको छ । नेव बहादुर वली कार्यकारी अधिकृत र बुद्धिमा चौधरी निमित्त कार्यकारी अधिकृतको रुपमा काम गरिसक्नु भएको छ ।
स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सबैको साथ सहयोगले समग्र गढवा गाउँपालिकाको बिकाशमा सहयोग पुग्ने बताउनु भयो । गढवा गाउँपालिकालाई नमुना गढवा गाउँपालिका बनाउन जनप्रतिनिधि,प्रमुख प्रशासकीय अधिकृत शाखाका प्रमुखहरु,कर्मचारी, पत्रकार लगायतको साथ सहयोग र सुझावले पालिका समृद्ध गढवा गाउँपालिका बन्ने बताउनुभयो । साथै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा सफल कार्यकालको शुभकामना समेत दिनु भयो।
त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मालाई स्वागत गर्दै कर्मचारी र जनप्रतिनिधि बिचको समन्वयकारी भुमिका निर्वाह गर्न सके पालीकाको बिकाश सम्भव हुने बताउनु भयो । गढवा गाउँपालिकामा सम्भावना र चुनौतीको सामना गर्नु पर्ने बताउदै समग्र गढवा गाउँपालिकाको बिकाशको लागि अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरुको समन्वय आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी स्वागत कार्यक्रममा आफ्नो बिचार राख्दै नव प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले आफ्नो निजामति सेवाको २५ बर्षको अनुभव रहेको बताउदै सम्पूर्ण जनप्रतिनिधि कर्मचारी सबैको साथ सहयोग र समन्वयले अघि बढ्ने बताउनु भयो। पालिकाको कार्य सम्पादन राम्रो हुन टिम वर्कमा काम गर्नु पर्ने बताउदै जनप्रतिनिधिले मात्रै हुन नसक्ने बताउनु भयो । गढवा गाउँपालिका राम्रो बनाउने वा आजकै अवस्थामा छोड्ने जनप्रतिनिधि, शाखा प्रमुखहरू र सम्पूर्ण कर्मचारीहरुको हातमा रहेको बताउनुभयो। आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो ।
कार्यक्रममा गढवा गाउँपालिकाका सबै शाखाका प्रमुख, उपप्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

