
Unsku
Rgp1
Sgr
pku
Ggp
Srbpu
Pbu
Lnp
Rgp

Rgs
Ssm
Bbu
Vor
Tsm
Asm
Gst
Sls
Rgu
Ksm
Pvg
Ggd
Hal
Bbbpu
Sbs
Rsb
Rgu
Wsp
nsb

Bml
Pls
Syp
Ptm
bbt
Rmb
sab
Mks
Rpp
Jmb
Abd
Gsb
Jmb
दाङ । देउखुरीको लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाईबाट ८ जना घाईते भएका हुन् ।
लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँ निवासी हरु बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष ४२ को मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ को रेवती यादब घाईते भएका छन् ।
त्यस्तै बिद्यालय जाँदै गरेका बिद्यार्थी बन्गै निवासी बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरीलाई टोक्दा उनिहरुपनि घाईते भएका छन् । घाईतेहरु सबैको लमही अस्पतालमा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । बहुला कुकुरको टोकाईबाट स्थानिय त्रसित बनेका छन । खासगरी कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानिय त्रसित भएका हुन् ।
घटना निम्त्याउने कुकुरलाई स्थानियले मारेर गाडिसकेका छन् । तर अन्य कुकुरपनि बहुलाएको हुन सक्ने भएकाले स्थानिय त्रसित बनेको समाजसेवी राजु पुनले बताए । “सम्बन्धित कुकुरले अरु कुकुरलाई टोकेको हुन् सक्छ, जसले गर्दा अन्य कुकुर बहुलाउने अबस्था आउन सक्छ समाजसेवी पुनले भने-यस तर्फ सबैको ध्यान जान जरुरी छ ।” बहुला कुकुरको बिगबिगी बढ्ने सँकेत देखिएपछि वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गरेका छन । अन्य कुकुरको ब्यबस्थापन तथा उपचारका लागि आफू लागि परेको र जसका लागि पशु स्वास्थ्य शाखामा खबर गरिसकेको जानकारी दिए ।
यस्तै उता पशु स्वास्थ्य शाखा लमही नगरका प्रमुख शिबराज न्यौपानेले अन्य कुकुरको ब्यबस्थापनका लागि छलफल भईरहेको बताए । जसका लागि कुकुर बल्झाउने जाली आबस्यक पर्ने र उक्त जाली नभएका कारण केही समय लाग्न सक्ने बताए । “हामी ब्यबस्थापनमा लागेका छौ, त्यसको लागि बल्झाउने जाली चाहिन्छ प्रमुख न्यौपानेले भने-हामी सामाग्री मगाउँछौ अनि ब्यबस्थापन गर्छौ ।”
