
Srbpu
Ggp
Sgr
pku
Pbu
Lnp
Rgp1
Rgp
Unsku

Rgu
Hal
Sbs
Bbu
nsb
Rgu
Rsb
Ssm
Bbbpu
Gst
Ggd
Sls
Tsm
Vor
Rgs
Ksm
Pvg
Wsp
Asm

sab
Abd
Jmb
Syp
Gsb
bbt
Bml
Ptm
Rmb
Mks
Jmb
Rpp
Pls
दाङ । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७ औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल प्रदान गरेर मनाउनु भएको हो ।
वि.सं. २०४३ साल असोज २२ गते आज कै दिन बुवा जगतप्रसाद गुप्ता र आमा कृष्णकुमारी भट्टराई (गुप्ता) को माइला सन्तानका रुपमा हाल बसोबास गर्दै आउनु भएको ठाउँमा पत्रकार ओमप्रकाश गुप्ताको जन्म भएको हो । बिगत १८ बर्ष देखि देउखुरी क्षेत्रलाई कर्मथलो बनाउँदै उहाँले निरन्तर पत्रकारिता गर्दै आउनु भएको छ ।
उहाँ हाल दाङ—देउखुरीको भालुवाङमा प्रधानकार्यालय रहेको देउखुरी टुडे डटकमको कार्यकारी सम्पादक, घोराहीको गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी समाचार प्रतिनिधि, तुलसीपुरको रेडियो प्रकृति एफएम र बर्दियाको रेडियो गुरुबाबा एफएम लगायतका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत रहनु भएको छ ।
त्यस्तै पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ दाङ शाखाको साधारण सदस्य, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य, राप्ती प्रेस मञ्चको महासचिव,राप्ती गाउँपालिका चेम्बर अफ कर्मश र आसाका किरण संस्थाको प्रेस संयोजकका रुपमा समेत आबद्ध रहनु भएको छ ।
जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती पत्रकार गुप्ताले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रित निल सागर सेवा आश्रम मै पुगेर फलफूल प्रदान गर्नु भएको हो । जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, पत्रकार गुप्ताले भन्नुभयो । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताउनुभयो । साथै उहाँले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिनुभयो । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने पत्रकार गुप्ताले बताउनुभयो ।
यस्तै पत्रकार गुप्ताको जन्मदिनका अवसरमा शुभकामना दिन निलसागर सेवा आश्रम पुग्नु भएका उहाँकी जीवन संगिनी इन्द्रा केसी (गुप्ता), उहाँका जेठा दाई राधेश्याम गुप्ता, कान्छो भाई पत्रकार सन्तोषकुमार गुप्ताले जन्मदिनको शुभकामना दिनु भएको थियो । सो अबसरमा बोल्दै उहाँहरुले पत्रकार गुप्ताको पत्रकारिता र समाजसेवा प्रति थप लगाब बढ्दै जाओस् र पत्रकारिताले नेपाली समाज र राजनीतिलाई सही दिशानिर्देश गर्ने गरी कलम चलाउन थप प्रेरणा र उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
पत्रकार गुप्ताले प्रत्येक बर्ष असोज २२ गते आफ्नो जन्मदिनमा निलसागर सेवा आश्रमलाई सहयोग गर्दै आउनु भएको छ । त्यस्तै उहाँले जन्मदिनका दिन अन्य रचनात्मक काम समेत गर्दै आउनु भएको छ । गत बर्ष उहाँको जन्मदिनका दिन देउखुरीमा आएको ठुलो बाढीले आफूले सहयोग गरेर जन्मदिन मनाउन नपाए पनि बाढीमा फसेकाहरुलाई उद्धार लगायतका सहयोग गरेर मनाएको पत्रकार गुप्ताले बताउनु भयो । पत्रकार गुप्ताका एक श्रीमती र एक छोरी समेत रहेका छन् ।
