Sidha Patra सोमबार, आश्विन २२, २०८०

पाल्पा । पाल्पामा सडक मर्मत गर्नेक्रम पहिरोमा एक्स्काभेटर पुरिँदा दाङका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

रामपुर नगरपालिका वडा नम्बर १० गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरका चालक रहेका खड्का पुरिँएका थिए । गेझाको मिलन चौतारीदेखि टोक्से जाने पुरानो मोटरबाटो मर्मत गर्ने क्रममा सडकमाथिबाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको एक्स्काभेटर पुरिएको प्रहरीले बताएको छ।

त्यस्तै चालक खड्काको कम्मरदेखि तलको भाग च्यापिएको थियो। खड्कालाई उद्धार गरी तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि लगिएपनि उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]