
Ggp
Unsku
Srbpu
Rgp
Rgp1
Sgr
pku
Pbu
Lnp

Wsp
Sbs
Ggd
Ksm
Ssm
Hal
Sls
Rgu
nsb
Rgu
Pvg
Rsb
Vor
Bbbpu
Tsm
Asm
Rgs
Gst
Bbu

Rpp
Syp
Jmb
Pls
Abd
sab
Ptm
Mks
Rmb
Jmb
Gsb
Bml
bbt
पाल्पा । पाल्पामा सडक मर्मत गर्नेक्रम पहिरोमा एक्स्काभेटर पुरिँदा दाङका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
रामपुर नगरपालिका वडा नम्बर १० गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरका चालक रहेका खड्का पुरिँएका थिए । गेझाको मिलन चौतारीदेखि टोक्से जाने पुरानो मोटरबाटो मर्मत गर्ने क्रममा सडकमाथिबाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको एक्स्काभेटर पुरिएको प्रहरीले बताएको छ।
त्यस्तै चालक खड्काको कम्मरदेखि तलको भाग च्यापिएको थियो। खड्कालाई उद्धार गरी तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि लगिएपनि उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
