
Lnp
Unsku
Ggp
Rgp1
Srbpu
Pbu
pku
Rgp
Sgr

Vor
Ssm
Sbs
Tsm
Bbu
Ggd
Rgu
Pvg
Gst
Hal
nsb
Wsp
Ksm
Asm
Rsb
Rgs
Sls
Rgu
Bbbpu

Rpp
sab
Abd
bbt
Pls
Bml
Jmb
Gsb
Rmb
Ptm
Jmb
Syp
Mks
दाङ । गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख यादवले सहकारीहरुले नाफामुखी मात्र नभएर सेवामुखि कामहरु पनि गर्नुपर्ने, निती, नियम, बिनीयम र ऐन कानून बमोजिम सञ्चालन गरिनु पर्ने र यसो हुन नसकेमा सहकारीहरु धरासायी भएर जाने बताउनु भयो ।
त्यस्तै सहकारीका पदाधिकारीहरुले सहकारी मुल्य मान्यता बमोजिम ऐन,नियमावली अध्ययन गरेर सोही बमोजिम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सरकारको तिन खम्बे निती अनुसार उत्पादन संग जोडेर सहकारी सञ्चालन गर्न सकेमा शेयर सदस्य र सहकारीको समृद्धि हुने भन्दै स्थानीय सरकारलाई सहकारी हेर्ने र नियमनको समेत अधिकार भएको कार्यक्रममा उहाँले बताउनुभयो । शेयर सदस्यहरु सबैको सहकार्यबाट सहकारी सञ्चालन गर्नुपर्ने भन्दै शेयर सदस्य ग्राहक बन्यो भने सहकारी फष्टाउन नसक्ने यादवले बताउनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका सदस्य तथा परि कृषि सहकारीका अध्यक्ष दामोदर ढंगाना, वालकल्याण आधारभूत बिद्यालयका प्रअ तारा प्रसाद ढुंगाना,पत्रकार शिबराज पन्थी,शिक्षा समितिका संयोजक मोहनलाल चौधरी,ऋण समितिका संयोजक पटवारी यादव लगायतले बोल्नु भएको थियो । कूल २ सय ३१ जना शेयर सदस्य रहेको यस सहकारीको स्थापना दशबर्ष अगाडी भएको र हालसम्म २७ लाख ३३ हजारको कारोवार रहेको कार्यक्रममा बताईएको हो ।
यस सहकारी संस्थाले गढवा क्षेत्रमा किसानहरुलाई सरकारी अनुदानको मलखाद समेत बितरण गर्दै आएको छ । कार्यक्रममा संस्थागत प्रतिवेदन तथा बार्षिक कार्ययोजना सचिव खुमानन्द पोखे्रल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष टोपलाल सुवेदी सागर ले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट ऋणी र बचतकर्ता २ जनालाई सम्मान गरिएको थियो ।
अधिवेशनले मोहनलाल चौधरीको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लिलाधर आचार्य, सचिव नारायणी डिसी, कोषाध्यक्ष टोपलाल सुवेदी सागर, उपसचिव भरत कुमार पन्त तथा सदस्यहरुमा युवराज आचार्य,बेलकुमारी घिमीरे,जिवकला अधिकारी, माधव शर्मा पण्डित,लालबहादुर यादव र जितराम चौधरी रहनु भएको छ ।
यसैगरी अधिवेशनबाट युवराज आचार्यको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति,लिलाधर आचार्यको संयोजकत्वमा ३ सदस्यिय ऋण उपसमिति र माधव शर्मा पण्डितको संयोजकत्वमा ३ सदस्यीय शिक्षा उपसमिति गठन गरिएको छ । उपाध्यक्ष रुमा अर्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव खुमानन्द पोखे्रलले गर्नुभएको थियो ।

