
Pes
Rgp
pku
Pbu
Sgr
Gfs
Unsku
Djs
sbs
Srbpu
Lnp
Rgp1
cjs
Ggp

Ssm
Sbs
Rsb
Wsp
Ggd
Pvg
Bbbpu
Gst
nsb
Rgu
Rgu
Hal
Bbu
Sls
Ksm
Tsm
Asm
Rgs
Vor

Bml
Rmb
bbt
Ptm
Pls
sab
Mks
Jmb
Abd
Syp
Rpp
Gsb
Jmb
दाङ । लमही-७ मा कान सम्बन्धीका बिरामीहरुको नि:शुल्क उपचार गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ को आयोजनामा वडा अन्तरगतका कानका बिरामी हरुको नि:शुल्क उपचार गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । जसले गर्दा आर्थिक अभाबले उपचारबाट बञ्चित भएका बिरामी हरुलाई सहज भएको छ ।
वडाका बिरामीहरुलाई स्वास्थ्यको पहुँच सम्म पुराउने उद्देश्यले पहलकदमी थालिएको स्थानिय समाजसेवी किशोर कुमार घर्ती मगरले बताए । वडामा कानका बिरामी धेरै भएको र जसका लागी शिबिर आबस्यक रहेकोले शिबिर सञ्चालनमा वडासँग सहकार्य गरिएको जनाए ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्जको प्राबिधिक सहयोगमा वडाका १ सय ३४ जनाको कान उपचार गरिएको हो । सामुदायिक सेवाले बिरामीहरुलाई निशुल्क औषधीपनी बितरण गरेको छ ।
नि:शुल्क उपचार पाईने भएपछि वडाका अधिकाँस बिरामीहरु शिबिरमा सहभागी थिए । जसमध्य २० जना कान पाक्ने बिरामी, ९ जना अप्रेशन गर्नुपर्ने, ७ जना मेसिन जडान गर्नुपर्ने र अन्य सफा गरिरहनुपर्ने बिरामी फेला परेको सामुदायिक सेवाका स्वास्थ्य प्राबिधिक दामोदर चौधरीले जानकारी दिए ।
त्यस्तै कान सम्बन्धी विशेष उपचार गर्दै आएको ब्रिनोज सामुदायिकले शिबिरमा फेला परेका मेसिन जडान गर्नुपर्ने, अप्रेशन गर्नुपर्ने बिरामीहरुलाई १० प्रतिसत छुटमा उपचार गर्ने जनाएको छ । ब्रिनोज सामुदायिक सेवाले लमही नगरकै ४ नम्बर वडामा पनि शुक्रबार नि:शुल्क शिबिरको आयोजना गरेको छ ।

