
pku
Lnp
Pbu
Rgp
Ggp
Srbpu
Sgr
Unsku
Rgp1

Ksm
Sls
Vor
Ssm
Asm
Hal
Sbs
Bbbpu
Wsp
Pvg
Rsb
Bbu
Gst
Rgs
Ggd
nsb
Tsm
Rgu
Rgu

sab
Bml
Gsb
Jmb
Syp
Abd
Pls
Jmb
bbt
Rpp
Rmb
Ptm
Mks
बाँके । बाँके जिल्लाको नेपालगञ्जमा मंगलबारदेखि लगाइएको कर्फ्यु आजदेखि दिउँसोको समयमा हटाइएको छ । मंगलबारदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसोको समयमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हो । बेलुका ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सूचनामा उल्लेख छ । कर्फ्यु आंशिक रुपमा हटाइए पनि निषेधाज्ञा भने जारी छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनु भयो । कर्फ्यु आंशिक रुपमा हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार नेपालगञ्जमा चहलपहल केही बढेको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउँदै लगेर हटाउने निर्णय गरेको थियो ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ ।
