दिपक ओली/घोराही बिहिबार, आश्विन १८, २०८०

दाङ । गुरुकुल एकेडेमीमा कक्षा ७ देखि १० सम्मका छात्राहरुको साडि लगाउने प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

घोराहीमा रहेको गुरुकुल एकेडेमीको आयोजनामा भएको उक्त साडि लगाउने प्रतियोगितामा कक्षा ७,८,९ र १०का छात्राहरु सहभागि भएका थिए ।

प्रतियोगिता २ समुहमा विभाजन गरी सम्पन्न गरीएको प्रतियोगिताका संयोजक तथा विद्यालयका सहयाक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । विद्यालयको बार्षिक क्यालेन्डर अनुसार विद्यार्थि छात्राहरुलाई आत्म सिप संगै सर्वाङगिन विकास गर्ने उद्धेश्य अनुरुप महिलाहरुले लगाउने पोशाक साडि लगाउन सिकाउने हेतुले उक्त कार्यक्रम आयोजना गरीएको हो ।

पहिलो चरणको प्रतियोगिता जसमा कक्षा ७ र ८का छात्राहरु सहभागि थिए । जसमा कक्षा ८ कि छात्रा प्रजिता केसि छिटो र राम्रो साडि लगाएर प्रथम स्थान हासिल गरेकिछिन भने विधि आचार्य दोस्रो र कक्षा ८ कि सुनम घिमिरे तेस्रो स्थान हासिल गरेका छन् । अर्को समुह अन्तर्गत कक्षा ९ कि छात्रा अंशु खनाल प्रथम ,कक्षा १० कि सुभेच्छया पौडेल द्धतिय , कक्षा ९ कि सुम्निमा बोहरा तृतिय स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण पत्रले सम्मान गरीएको थियो ।

त्यस्तै प्रतियोगिताको निर्णायकमा मन्टेस्वरी संयोजक लोचना पौडेल,शिक्षिका आशा चौधरी र सुनिता पुन रहनुभएको थियो ।गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यालयका आइएसए संयोजक तथा शिक्षक इन्द्र पोख्रेलले गर्नुभएको थियो । कार्यक्रमको संयोजकमा सहायक प्रधानाध्यापक मुकुन्द गिरी रहनुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]