
Ssbus
tssbus
ssbus
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus
Sssbus1
nsm

Ggd
Ksm
Tsm
nsb
Bbbpu
Hal
Bbu
Rsb
Vor
Gst
Sbs
Asm
Ssm
Sls
Pvg
Wsp
Rgs
Rgu
Rgu

Jmb
Pls
bbt
Mks
Ptm
Gsb
Syp
Bml
Rmb
Rpp
sab
Abd
Jmb
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी,पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।
तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार अवैध कुखुराका चल्ला नष्ट गरिएको उहाँले बताउनु भयो । बरामद गरिएको कुखुराका चल्लाको मुल्य ७ लाख ५० हजार रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक ओलीले जनाउनु भयो ।
प्रहरीका अनुसार तस्करले प्रहरी गस्ती टोलीलाई देखेपछि चल्ला छोडेर भारततर्फ भागेका थिए । बेवारिसे अवस्थामा रहेको चल्लालाई मंगलबार बिहान ८ बजेको समयमा प्रहरीले फेला पारेको हो । पशु स्वास्थ्य सेवा नियमावली २०५६ को दफा ८ र ९ बमोजिम अवैध देखिएको हुँदा सोही नियमावली परिच्छेद ४ को दफा १८ (१) बमोजिम बरामद गरिएको चल्लालाई खाडलमा पूरी नष्ट गरिएको छ ।
पशु क्यारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि, जनप्रतिनिधि,प्रहरी,पत्रकार र स्थानीयको रोहबरमा सुरही नदी खोला किनारमा खाडलमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
