धर्मेन्द्र कुमार कुर्मी/कपिलवस्तु बुधबार, आश्विन १७, २०८०

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी,पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो ।

तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार अवैध कुखुराका चल्ला नष्ट गरिएको उहाँले बताउनु भयो । बरामद गरिएको कुखुराका चल्लाको मुल्य ७ लाख ५० हजार रुपियाँ बराबरको रहेको प्रहरी निरीक्षक ओलीले जनाउनु भयो ।

प्रहरीका अनुसार तस्करले प्रहरी गस्ती टोलीलाई देखेपछि चल्ला छोडेर भारततर्फ भागेका थिए । बेवारिसे अवस्थामा रहेको चल्लालाई मंगलबार बिहान ८ बजेको समयमा प्रहरीले फेला पारेको हो । पशु स्वास्थ्य सेवा नियमावली २०५६ को दफा ८ र ९ बमोजिम अवैध देखिएको हुँदा सोही नियमावली परिच्छेद ४ को दफा १८ (१) बमोजिम बरामद गरिएको चल्लालाई खाडलमा पूरी नष्ट गरिएको छ ।

पशु क्यारेन्टाइन चेक पोष्ट कृष्णनगरका प्रतिनिधि, जनप्रतिनिधि,प्रहरी,पत्रकार र स्थानीयको रोहबरमा सुरही नदी खोला किनारमा खाडलमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]