Sidha Patra शुक्रबार, आश्विन १२, २०८०

दाङ । सल्यान जिल्लाको तिर्पोलेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

यस्तै मृत्यु हुनेमा शारदा नगरपालिका वडा नम्बर १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याएका दुई जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताउनु भयो ।

त्यस्तै दुर्घटनमा अन्य १७ जना घाइते भएका छन् । उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रवार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]