
Ratbs
Gsl
Rbs
Bksbus5
dsbus
gms
Jsbus
Amb
Ddhbs
Csbus
Nssbus7
Gsbus
Pbu
Ssbus

Wsp
Hal
Rsb
Bbu
Ggd
Sbs
nsb
Ssm
Sls
Bbbpu
Rgu
Ksm
Pvg
Vor
Gst
Tsm
Rgs
Asm
Rgu

Bml
Pls
Syp
Abd
Mks
sab
Jmb
Ptm
Jmb
bbt
Rmb
Gsb
Rpp
दाङ । देउखुरीको लमहीमा गुरुकुल एकेडमीको भवन शिलान्यास गरिएको छ ।
आउने शैक्षिक सत्रदेखि कक्षा ९ सम्म पढाई सञ्चालन गर्ने उद्देश्यका साथ बिहीबार दाङको लमहीमा गुरुकुल एकेडमीले विद्यालय भवन बनाउन थालेको हो ।
लमही नगरपालिका वडा नम्बर ५ स्थित गोरक्ष रत्ननाथ मन्दिर क्षेत्रको ३० कट्ठा जग्गामा विद्यालय भवन बनाउन थालिएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्कार सहितको शिक्षा प्रदान गर्ने उद्देश्यले लमहीमा गुरुकुल एकेडेमी सञ्चालन गर्न थालिएको जानकारी गराइएको छ ।
मान्छेलाई पूर्ण मान्छे बनाउने उद्देश्यले फरक शैलिबाट पठनपाठन गराइने अध्यक्ष घिमिरेले बताउनु भयो । जीवनकला सिकाउन सकियो भने समाजको सबै पक्षको संरक्षण हुने उल्लेख गर्नु भयो । घोराहीमा गुरुकुल एकेडमीको सफलतापछि देउखुरीको लमहीमा पनि विद्यालय सञ्चालन गर्न थालिएको हो । तीन तलाको भवन बनाउने काम सुरु भएको छ । विद्यालयका अध्यक्ष घिमिरेले भवनको शिलान्यास गर्दै आउँदो वर्षदेखि नियमित पठनपाठन सुरु गर्ने बताउनु भयो ।
कार्यक्रममा गोरक्ष रत्ननाथ मन्दिरका मठाधिस सुरतनाथ योगीले संस्कृत र वेद शिक्षाको कक्षा समेत सञ्चालन आग्रह गर्नु भयो । गुरुकुल एकेडमीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले विद्यार्थीलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले विद्यालय सञ्चालन गरिएको बताउनु भयो साथै उहाँले देशको सामाजिक र सर्वाङ्गीन पक्षको विकास हुने बताउनु भयो ।
कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल,पत्रकार केपि घिमिरे, लमही जेसीजका अध्यक्ष फणाधर ढकाल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्नेहरुले लुम्बिनि प्रदेशको राजधानीमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था आबश्यक रहेको र यो आबश्यकता गुरुकुल एकेडेमीले पुरा गर्न लागेकोमा आफुहरु खुसि भएको बताउनु भएको थियो । उक्त शिलान्यास समारोहको औपचारीक कार्यक्रमको सहजीकरण गुरुकुल एकेडमीका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नु भएको थियो । गुरुकुल एकेडेमी लमहीको संस्थापक रुपमा कमलजंग सिंह ठकुरी,शित्तल भुसाल,रामचन्द्र शर्मा रहनु भएको छ ।

