
Nsb
jsb
Rsb
Usb
Bsn
Tgp
Ksb
Ssb
Csb
Gsb
Ksb
Ksb
Fmb
Ssb
Ppu
Rks

Gsb
Usb
Ssb
Hl1
Tsb

Nps
ptl
Rgu
काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ ।
यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १० गते तय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो । असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुने छ । तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ ।
यसैगरी दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा असोज १० गते हुने छ ।अनलाइनखबर
