
Rgp
Srbpu
Djs
Unsku
Pbu
Ggp
Rgp1
Pes
pku
Lnp
Gfs
Sgr
cjs
Ses

Tsm
Ggd
Rsb
Rgs
Vor
Bbu
Gst
Rgu
Ksm
Asm
Wsp
Pvg
nsb
Sbs
Hal
Rgu
Ssm
Bbbpu
Sls

Bml
Rpp
Ptm
Syp
Rmb
Jmb
Gsb
bbt
Abd
Pls
Mks
Jmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सञ्चालित तीन दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले गत भदौ १५ गते देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको पत्रकारिता तालिम सम्पन्न भएको हो ।
मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्ष एवम् राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी विश्वास विकको प्रमुख आतिथ्यतामा भएको तालिम सभापन कार्यक्रममा बोल्ने वक्ताहरुले ३ दिन सम्म सिकेको कुरालाई पुर्ण रुपमा व्यवहारमा लागु गरि खोज पत्रकारिता तर्फ कलम चलाउन सुझाव दिएका छन् ।
त्यस्तै सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष तथा प्रमुख प्रशिक्षक दुर्गालाल केसी, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष तथा प्रशिक्षक सन्तोषकुमार गुप्ता, सहभागीहरु अनिल सुनार र वर्षा केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका उपाध्यक्ष बासुदेव न्यौपानेले धन्यवाद दिएको तालिम समापन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
तालिममा राप्ती गाउँपालिका क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी र अन्य नयाँ युवाहरू गरि २८ जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको तालिमको मुख्य प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, प्रशिक्षकमा पत्रकार महासंघ दाङ शाखा सहसचिव दशरथ घिमिरे, पत्रकारहरु दिवाकर पोख्रेल, छवि पुरी, राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विक, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने र महासचिव ओमप्रकाश गुप्ता रहेका थिए ।
