
Tgp
Ksb
Ksb
Ssb
Usb
Gsb
Rsb
Nsb
Ppu
Ksb
Csb
Bsn
Rks
Ssb

Tsb
Ssb
Hl1
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ ।
गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा बेस्ट ड्रेससमा कक्षा ३ कि सो चौधरी बिजेता भएकि थिइन भने बेस्ट वाकमा कक्षा ५ कि सनाया गिरी,बेस्ट कन्फिडेन्टमा कक्षा ४ कि प्रज्ञा दाहाल,स्टाइलिस किडमा कक्षा ५ कि प्राप्ति रोका,क्युटेस्ट किडमा वजस पौडेल र वेस्ट पर्फमेन्समा कक्षा ५ बाट अलिस बिएम बिजेता बनेका थिए ।
त्यस्तै कल्चरल ड्रेस प्रतियोगिता कार्यक्रमको निर्णायकमा गुरुकुल एकेडेमी कि मन्टेस्वरी संयोजक लोचना पौडेल र इसिए संयोजक विशालमान श्रेष्ठ रहनु भएको थियो । विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा मन्टेस्वरी सह-संयोजक मंजरी पुन रहनु भएको थियो ।
