
Ssbus
nsm
Ssbus
ssbus
Sssbus1
tssbus
Ssbus
Sssbus1
Pbu
Gsl

Rgu
Wsp
Ssm
Tsm
Asm
Hal
Pvg
Sbs
Rgu
Rgs
Ggd
Vor
Gst
Rsb
nsb
Bbu
Ksm
Sls
Bbbpu

Syp
Bml
bbt
Abd
Mks
sab
Ptm
Gsb
Jmb
Rmb
Rpp
Jmb
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका अन्तरगत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ ।
व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो । गाउँपालिकाले भदौ ५ गते देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ ।
अभियानकाे पाचौं दिनसम्म पालिकाकाे विभिन्न वडाहरुमा रहेका बजार क्षेत्रमा ३ सय ३२ पसल अनुगमन गर्दा नयाँ पसल दर्ता र नवीकरण मार्फत ७ लाख ३४ हजार ७ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको आर्थिक विकास शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनु भयो । विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको,मुल्य सुची राखे नराखेको,म्याद नाघेको सामान छ वा छैन लगायतका विषयमा अभियानका केन्द्रित गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
त्यस्तै व्यवसायीका वास्तविक समस्या पहिचान, पालिकाले विगतमा दिएका सुझाव कार्यान्वयन भए नभएकाे, व्यावसायीकाे हितको लागि आगामी दिनमा पालिकाले गर्न सक्ने सहयोग, कर तिर्नु पर्दा व्यावसायीहरुकाे धारणा बुझ्नुकाे साथै करदाता शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको पालिकाका शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।
यस्तै अभियानमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल,शिक्षा अधिकृत बासुदेव खनाल लगायत पालिकाका अन्य कर्मचारीहरु, वडाका जनप्रतिनिधि र प्रहरीहरुकाे सहभागीता रहेको थियोे । अभियान अझै केही दिनसम्म सञ्चालन हुने बताइएको छ।


