
Bsbus
Gsl
dsbus
Ksbus
Pbu
Nssbus7
Gsbus
Ssbus
Ksbus
Rsbus
Lsbus
Ssbus
Jsbus
gms
bpmhl
Ksbus
Bksbus5
Csbus
Ssbus

Ksm
Hal
Pvg
Wsp
Asm
Rgu
Tsm
Rgs
Gst
Bbu
Sbs
Vor
Ggd
Rsb
Bbbpu
Ssm
nsb
Sls
Rgu

Rpp
Mks
Jmb
Bml
Abd
Gsb
bbt
Rmb
Ptm
sab
Syp
Jmb
Pls
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गाउँपालिका भरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ ।
गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी,विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ । जस अनुसार प्रथामिक तहका १५ जना,निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना शिक्षक लाई पदस्थापन गराएको गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले जनाएको छ।
जनप्रतिनिधि आएको एक बर्ष समय पुरा भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा माथी प्रश्न चिन्ह उठिरहेको थियो । पर्याप्त शिक्षक भएर पनि दरबन्दी मिलान नहुदा शिक्षाको सुधारमा खासै अन्तर नरहेको समयमा दरबन्दी मिलानले गुणस्तरीय शिक्षाको लागि ठुलो सहयोग हुने अपेक्षा गरिएको छ । शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयमा पढाइमा समेत प्रभाव देखिने गरेकोले शिक्षामा आमुल परीवर्तनको लागि अथक प्रयास गरेर शिक्षक दरबन्दी मिलानमा प्रक्रिया अघि बढेको र यसमा सबैको साथ र सहयोग भएको बताउदै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँपालिकाको शिक्षा सुधारको लागि कुनै असर बाँकी नछोड्ने बताउनुभयो। विद्यालयमा रहेको शिक्षक दरबन्दी, विद्यार्थी संख्या एकिन गरेर पठनपाठनलाई मध्यनजर गर्दै दरबन्दी मिलान गरिएको र यसबाट सकरात्मक नतिजा आउनेमा आफु बिस्वस्त रहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
केही विद्यालयमा शिक्षकको संख्या बढी थियो भने केही विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या कमी थियो । विद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी नहुँदा शिक्षाको गुणस्तर पनि सोचेको जस्तो थिएन अध्यक्ष पोख्रेलले भन्नुभयो । पदस्थापन कार्यक्रम बोल्दै गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्याम बहादुर बिकले धेरै पटक सोच बिचार गरेर गरेकोले निर्णय भएकोले कुनै संकोच नमान्न सबैमा अनुरोध समेत गर्नु भयो। कक्षा आठको नतिजा लगाएतको स्थिति लाई मनन् गर्दा शिक्षक पदस्थापनको बिकल्प नरहेको बताउदै प्रमुख बिकले गाउँपालिकाको समग्र शिक्षा जगतलाई नमुना बनाउन र शिक्षामा गुणस्तर ल्याउन शिक्षक पदस्थापनको कार्यक्रम अघि बढाएको बताउनु भयो।
अहिले बिषयगत शिक्षक,विद्यार्थीको संख्यालाई बिशेष ख्याल गरीनुको साथै मुल बिषयहरुको दरबन्दी प्रायःसबै विद्यालयमा मिलान हुने गरी यो दरबन्दी मिलान गरिएको प्रमुख बिकले जानकारी दिनु भयो । पदस्थापन कार्यक्रममा बोल्दै प्रथामिक तहकी शिक्षक रिता शर्माले शिक्षक पदस्थापनले गुणस्तरीय शिक्षामा धेरै राम्रो प्रयास भएको बताउनुभयो । दुरदराजका शिक्षकहरु लाई आवतजावतमा निकै समस्या हुने गरेको स्मरण गर्दै दरबन्दी मिलानकोकार्य पालिको शिक्षा क्षेत्रमा भएको ठुलो कार्य भएको बताउनु भयो।
त्यसैगरी हाल सरस्वती माध्यमिक विद्यालय बिध्यानगर गोबरडियामा अध्यापन गराउदै आउनु भएका माध्यमिक तहका स्थायी शिक्षक हिमाल प्रकाश अधिकारीले शिक्षक पदस्थापनले शिक्षा सुधारमा बरदान सावित हुने बताउनु भयो । हामी शिक्षक हरु केही केही समस्या भएता पनि समग्र शिक्षालाई हेर्ने हो भने पालिकाको यो निर्णय सरहनिय काम भएको बताउनु भयो । शिक्षक पदस्थापन कार्यक्रम गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक रविलाल माझीले गर्नु भएको थियो ।

