
Jsbus
Csbus
Gsbus
Nssbus7
Bksbus5
bpmhl
Lsbus
gms
Ksbus
Ssbus
Ssbus
Bsbus
Ksbus
Ssbus
Pbu
Ksbus
dsbus
Rsbus
Gsl

Bbu
Rsb
Rgu
Wsp
Asm
Sls
Tsm
Ksm
Hal
Pvg
nsb
Rgs
Sbs
Ssm
Ggd
Rgu
Gst
Vor
Bbbpu

Rpp
Syp
Rmb
Pls
Bml
Gsb
Jmb
Ptm
Jmb
Abd
sab
Mks
bbt
दाङ । नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५७ दिनपछि खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५७ दिनपछि शुक्रबार खुलेको हो ।
विश्वविद्यालयका उपकुुलपति प्रा।डा। यादवप्रकाश लामिछाने,शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारी सहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो । उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त वञ्जाडेले विद्यार्थीका माग पुरा गरिदिएकोेमा विश्व विद्यालयप्रति आभार प्रकट गरेका छन् ।
त्यस्तै ‘विद्यार्थीहरुका जायज माग पुरा गरिदिएकोमा विश्व विद्यालयप्रति आभार प्रकट गर्दछौं’, अध्यक्ष वञ्जाडेले भने, ‘विश्वविद्यालयको विकासका लागि स्वतन्त्र विद्यार्थी युनियन सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै ताला लगाएको स्ववियले आफ्ना माग पुरा भएको जनाउँदै ताला खोलेको जनाएको छ । विश्व विद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. डा. चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले नेपाल संस्कृत विश्व विद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति भएको विश्वविद्यालयको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए । उनका अनुसार निर्णय २०८० साउनदेखि लागु हुनेछ ।
यसैबीच केन्द्रीय कार्यालयमा लागेको ताला खोल्ने स्वतन्त्र विद्यार्थी युुनियन केन्द्रीय आर्युवेद विद्यापीठको निर्र्णयलाई विश्व विद्यालयले स्वागत गरेको छ । विश्व विद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले विश्व विद्यालयलाई तालाबन्दी मुक्त गर्ने कार्यमा सहयोगी बनिदिन आह्वान गरे । ‘विद्यार्थी संगठनले विश्व विद्यालयमा कुनै अवरोध गर्दैनौं भन्ने प्रतिबद्धता जनाइसकेको अवस्थामा विभिन्न समयमा हुने तालाबन्दी र अवरोधका कारण विश्वविद्यालय अस्तव्यस्त भइरहेका छन्’,उपकुलपति प्रा.डा. लामिछानेले भन्नुभयो,‘प्रतिबद्धता अनुसार विश्व विद्यालयलाई अवरोध मुक्त गर्ने कार्यमा सहयोग गरिदिनका लागि राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, अधिकारकर्मी, स्थानीयबासी सबैमा अनुरोध गर्दछु ।’
यस्तै नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझैं खुल्न सकेको छैन । ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजार बढी परीक्षार्थी मर्कामा परेका छन् ।
