
Ssbus
Csbus
Ksbus
Ksbus
Jsbus
Pbu
Gsbus
gms
Bksbus5
Ksbus
Bsbus
Nssbus7
Ssbus
Rsbus
dsbus
bpmhl
Lsbus
Ssbus
Gsl

Sls
nsb
Gst
Hal
Rgs
Ksm
Rsb
Ssm
Bbbpu
Sbs
Asm
Bbu
Tsm
Rgu
Pvg
Vor
Wsp
Rgu
Ggd

Syp
Jmb
Bml
Jmb
Abd
Gsb
Ptm
Rmb
sab
bbt
Pls
Rpp
Mks
दाङ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा आन्तरिक रूपमा भइरहेको जग्गा किनबेच बन्द गर्न गराउन स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ ।
प्रदेश सरकारले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र दाङ देउखुरीलाई राजधानी घोषणा गरेपछि दाङ प्रादेशिक राजधानी सरोकार समिति दाङले बुधबार भालुवाङमा अायोजना गरेको धन्यवाद तथा स्वागत कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि समेत रहेकी पुर्व मन्त्री शर्माले अस्थायी राजधानी दाङको बेलझुण्डीमा हुने हल्लाले जग्गा करोवार भयो र त्यसले थुप्रैलाई समस्या पारेको स्मरण गराउँदै पुर्व मन्त्री शर्माले अहिले भइरहेको आन्तरिक जग्गा कारोबार बन्द गरि प्रदेश राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन सवैलाई सहयोग गर्न पनि सुझाव दिनु भएको छ ।
कार्यक्रममा उहाँले प्रदेश सरकार र प्रदेश सभाले पूर्वमा नवलपरासी देखी पश्चिममा बर्दीया सम्मका जनताले न्याय पाएको बताउनुु भयो । अवको ध्यान राजधानी व्यवस्थापनमा केन्द्रित गर्न उहाँले सुझाव पनि दिनु भएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा थारु, हिराचन्द्र केसीले संघियतालाई स्थापीत गर्न सरकारले गरेको यो अभ्यास नमुना भएको तर्क गर्न्नु भएको छ ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, दामा शर्मा, दिपेन्द्र पुनले प्रदेश सरकारले १२ जिल्लाको भावना बुझेर सबैलाई पायक पर्ने ठाउँमा नयाँ शहरको कल्पना सहित स्थायी राजधानीको निर्णय टुंगोमा पु¥याएको बताउनु भएको छ । यो निर्णयले सबैको भावना समेटेको छ । सबै जिल्लाका नागरिकले अपनत्व गर्नेगरी हामी अघी बढेका हौं’प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले भन्नु भयो ।यो भूगोलले समग्र प्रदेशको प्रतिनिधित्व गर्छ । कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले प्रादेशीक राजधानीको लागी पूर्वाधार बनाउने दायित्व र जिम्मेवारी बोक्न तयार रहेको बताउनु भएको छ ।‘डिपिआर बनाएर एउटा शुन्दर सहरको योजना बन्ने छ’लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले भन्नु भयो ।
राजधानीको लागी जस्तो सुकै त्याग गर्न पनि तयार छौं ।’ नेपालक कम्यूनिष्ट पार्टी(नेकपा)का जिल्ला ईञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका दुर्याेधन पाण्डे, संघिय समाजवादी पार्टी नेपालका होमप्रसाद शर्मा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर राउत विरु लगायतका वक्ताहरुले प्रादेशिक राजधानीले संघियतालाई स्थापीत गर्न भुमिका खेलेको बताउनु भएको छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गर्नु भएको थियो ।
