
Ssbus
ssbus
Sssbus1
Gsl
Sssbus1
Ssbus
nsm
Ssbus
Pbu
tssbus

Asm
Bbu
Rgu
Bbbpu
nsb
Ggd
Ssm
Gst
Vor
Ksm
Tsm
Sbs
Pvg
Rsb
Wsp
Sls
Hal
Rgs
Rgu

Jmb
Rpp
bbt
sab
Mks
Jmb
Ptm
Syp
Gsb
Bml
Rmb
Pls
Abd
गुल्मी । गुल्मी जिल्लामा नर्सरीबाट ५ लाख बढी सुन्तला जातका बिरुवा उत्पादन भएका छन् । जिल्लाभर रहेका नर्सरी कृषकहरुले ४ लाख सुन्तलाका बिरुवा, १ लाख कागतीका बिरुवा, ५ हजार कलमी बिरुवा उत्पादन गरेका हुन् ।
नर्सरीबाट उत्पादन भएका सुन्तला जातका बिरुवा ६० प्रतिशत मात्रै गुणस्तरीय रहेको पाइएको छ । जिल्ला भर ३० वटा नर्सरीमा कृषकले उत्पादन गरेका बिरुवाहरु मध्ये लगाउन योग्य बिरुवा छनोट गरिएको हो ।
जिल्लामा हाल १ लाख बिरुवाको खपत हुने अनुमान रहेको छ । जिल्लाभर ३० वटा सूचिकृत नर्सरी फाम र ७ वटा जाली घर नर्सरी रहेका छन् । हाल जिल्लामा उत्पादन भएका २ लाख गुणस्तरीय बिरुवा अनेत्र जिल्लामा बेच्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा नर्सरीमा उत्पादित सुन्तला जातका बिरुवाहरुलाई बजारीकरणको समस्या देखिएपछि कृषि ज्ञानकेन्द्र गुल्मीले बिरुवा उत्पादक कृषकलाई तालिम समेत प्रदान गर्नुभएको छ ।
जिल्ला भरबाट बिरुवा उत्पादक र बिरुवा लगाउने कृषकहरूको सहभागीता रहेको थियो । कृषकहरु बिरुवा उत्पादनको अबस्था र बजारीकरणको बारेमा समस्याहरु राख्नु भएको थियो । बिरुवा उत्पादक कृषकलाई कसरी गुणस्तरीय बिरुवा उत्पादन गर्ने र बिरुवा लगाउने कृषकलाई कस्तो बिरुवा लगाउने भन्ने बारेमा जानकारी मुलक तालिम प्रदान गरेको हो । कृषि ज्ञानकेन्द्र प्रमुख नवराज भण्डारी कस्तो बिरुवा गुणस्तरी, कति उचाईमा उत्पादन गर्ने, गुणस्तरीय हुनको लागि केके मापदण्ड हुनुपर्ने, कस्तो बिरुवाले उत्पादन राम्रो दिन्छ जस्ता बिषण्मा जानकारी मुलक प्रस्तुती कृषकहरुलाई प्रदान गर्नुभएको थियो ।
सुन्तला तथा कागतीका बिरुवा गुणस्तर हुनको लागि बिजु बिरुवा १ देखि २ वर्षको हुनेपर्ने हुन्छ । त्यस्तै कलमी बिरुवा १ देखि २ वर्षको हुनुपर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । बिरुवाको उचाई १ दशमलव ५फिट र मूल्य बिजु बिरुवाको २५ रुपैयाँ कलमी बिरुवाको हुनुपर्ने मूल्य निर्धारण हुनुपर्ने हुन्छ । सुन्तला जातको बिरुवा उच्पादन गर्न १ हजार २ सय मिटरको उचाई हुनुपर्ने हुन्छ । अहिले बाहिरी जिल्लाबाट सुन्तला बिरुवा भित्रिने तर जिल्ला भित्रका बिरुवाहरु बिक्री नहुँदा किसानहरु समस्यामा परेको कृषकहरुको बुझाई छ ।
जिल्ला स्थित स्थानीय तहले र कार्यालयहरुले सुन्तला र कागती लगायतका बिरुवा बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएकाले यहाँको बिरुवा खपत नहुने गरेको कृषक बिरबहादुर कार्कीले बताउनुभयो । उहाँले अहिले तीन वर्ष पहिलेदेखिका बिरुवाहरु बिक्री नभएको गुनासो गर्नुभयो । अहिले सुन्तला कागती लगाउने सिजन सुरु भएको छ । केहि दिन यता पानी परेसँगै जिल्लाका बिभिन्न सुन्तला पकेट क्षेत्रमा बिरुवा लगाउने तयारी कृषकहरूले गरेका छन् ।
सुन्तला लगाउने तयारीमा रहेका रेसुङ्गा ४ का कृषक चोलराज शर्माले जिल्लामै गुणस्तरीय बिरुवा रहेकाले यहिँकै बिरुवा लगाउनुपर्नेमा जोड दिनुभयो । गुणस्तरीय हुनका लागि मापदण्ड पुरा नगरेका कृषकहरुले पुरागरेर नर्सरी सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ । गुणस्तरीय बिरुवा नलगाए फल्ने समय, उत्पादन पनि कम हुने भएकाले गुणस्तरीय बिरुवा लगाउनु पर्ने ज्ञानकेन्द्र प्रमुख भण्डारीको भनाई छ । जिल्लामा नर्सरीहरुमा सुन्तला, कागती, टिमुर, अनार, किबी,कफी, चियापत्ती, अम्बा, कुरिलो र धुपी लगायत दर्जनौं बिरुवाहरु उत्पादन भएका छन् ।
