
Ssbus
Sssbus1
Gsl
Ssbus
nsm
Ssbus
ssbus
tssbus
Pbu
Sssbus1

Rgu
Bbbpu
Vor
Sbs
Ggd
Rgu
Asm
Hal
Tsm
Wsp
Pvg
Rsb
Bbu
Ksm
Sls
Gst
Ssm
nsb
Rgs

Jmb
Rpp
Abd
bbt
Mks
Syp
Pls
Jmb
Bml
Ptm
sab
Gsb
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ६१ करोड १८ लाख ९८ हजार ७ सय ८९ रुपैया बजेट विनियोजन गरेको छ ।
१३ औं गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक राजश्वबाट ३ करोड १० लाख,चालु आ.व.मा खर्च नभई बाँकी रहने अनुमानित रकम (मौज्दात अ.ल्या) बाट ६ करोड ५९ लाख ८७ हजार, संघीय सरकार वित्तिय सामानीकरणबाट ९ करोड ४८ लाख राजश्व बाँडफाँडबाट ११ करोड ४१ लख ५७ हजार र प्रदेश सरकार वित्तिय सामानीकरणबाट ६७ लाख ३८ हजार,राजश्व बाँडफाँडबाट ८२ लाख ११ हजार ७८९ समपुरक अनुदान पूजिगत १ करोड संघीय सशर्त अनुदानबाट १९ करोड ४९ लाख,प्रदेश सशर्त अनुदानबाट ७१ लाख ५० हजार
कुल बजेट मध्ये चालुतर्फ ४४ करोड ९५ लाख ३६ हजार ७ सय ८९ र पूँजीगततर्फ १६ करोड २३ लाख ६२ हजार गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले विनियोजन गर्नु भएको हो ।
त्यस्तै अन्य संघ संस्थाबाट र प्रदेश सरकारबाट पछि प्राप्त हुने बजेटलाई प्राप्त भएपछि समावेश गरी बजेटको एकिकृत रुप तयार गरिने उपाध्यक्ष यादवले कार्यक्रम मार्फत बताउनु भएको छ ।
त्यस्तै उपाध्यक्ष यादवले आगामी वर्षको प्राथमिकता प्राप्त क्षेत्रगत कार्यक्रम विनियोजन प्रस्तावमा आर्थिक विकास तर्फ व्यवसायिक कृषि तथा पशुपालनको क्षेत्रलाई क्रमशः व्यवसायीकरण गर्न साथै लागत साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता विकास परियोजना कार्यक्रम र उद्योग, बजार व्यवस्थापन र पर्यटन प्रवर्धन गरी आयआर्जन वृद्धि गर्न, सिचाई क्षेत्रको विकास र विस्तार गर्न साथै भूमिहीन सुकुम्वासी र दलित, अव्यवस्थित वसोवासीलाई आगामी आ.व. मै लालपूर्जा वितरण गर्न साथै गरिवी निवारणका लागि आर्थिक विकासतर्फ ६ करोड ५२ लाख बजेट विनियोजन गरेको बताउनु भयो ।
यस्तै सामाजिक विकास शिक्षातर्फ सबै बालबालिकालाई नि:शुल्क गुणस्तरीय र सर्वसुलभ जीवन उपयोगी बनाउन गाउँ शिक्षा नीति अनुरुप १९ करोड बजेट विनियोजन भएको छ । त्यसैगरी खेलकुदको विकास स्वस्थ जीवनको आधार” भन्ने मान्यतालाई ध्यानमा राखी खेलकुदको विकासमा उच्च महत्व दिइ गाउँपालिकास्तर खेलकुद प्रतियोगिताको आयोजना गरी खेलकुदमा विकासका लागि युवा तथा खेलकुदतर्फ ३० लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै स्वास्थ्यमा सबै जनताको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा नियमित रुपमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्न साथै गाउँपालिका बासीलाई प्रदान गरिने स्वास्थ्य सेवालाई व्यवस्थित गरी थप गुणस्तरिय र प्रभावकारी वनाउन साथै, उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती, सुत्केरी तथा जोखिममा रहेका महिलाहरुको लागि सुरक्षा, संरक्षण र विकासको लागि कार्यक्रम संचालन गर्न स्वास्थ्यतर्फ ४ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै लैंगिक समनाता तथा सामाजिक समावेशिकरणतर्फः जेष्ठ नागरिक, समाजमा पछि परेका महिला, दलीत, मुस्लीम, जनजाती तथा अपाङ्गहरुको समविकास तथा उत्थानको लागि आयआर्जन, सशक्तिकरण तथा सवलिकरण जस्ता कार्यक्रम संचालन गर्न तथा लैङ्गिक उत्तरदायि बजेटका लागि १ करोड ४ लाख ७५ हजार र खानेपानी तथा सरसफाईतर्फ सम्पूर्ण राजपुर वासीलाई स्वच्छ पानीमा पहुँच गराउन साथै स्वच्छ, सफा र सुन्दर गाउँपालिका निर्माण गर्ने अभियानलाई सार्थक तुल्याउनका लागि ७२ लाख बजेट छुटाइएको छ ।
त्यसैगरी भाषा,संस्कृति तथा सामाजिक सुरक्षातर्फ राजपुरको पहिचानका रुपमा भाषा तथा संस्कृतिको संरक्षण साथै सामाजिक सुरक्षाकालागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
यसैगरी गाउँपालिका गौरवको योजनाको रुपमा यातायात पूर्वाधारलाई समावेस गरी सम्पूर्ण गाउँपालिका क्षेत्रमा बाटो विस्तार गरि सहज रुपमा यातायातको पहुँच पुर्याउन, गाउँपालिका क्षेत्रको भौतिक विकासको लागि विभिन्न आयोजनाको संभाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्न साथै मापदण्ड अनुसारका भवन निर्माण गर्न, शहरी विकास र गाउँ,गाउँमा विद्युत विस्तार गर्न पूर्वाधार विकास तर्फ ६ करोड ७८ लाख ५३ हजार बजेट विनियोजन भएको छ ।
त्यस्तै विभिन्न प्रकोपहरुबाट नागरिकहरुलाई बचाउन तथा वन व्यवस्थापन गर्न विपद् व्यवस्थापन कोषतर्फ ३ करोड ६४ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ । यस्तै सुशासन तथा संस्थागत विकास कार्यालयको संस्थागत क्षमता विकास गर्न, सूचना प्रविधि लगायतका उपकरणको व्यवस्था गरी कार्यालयबाट हुने कामलाई चुस्त दुरुस्त बनाउन प्रयास गरिएको छ भने पारदर्सिता अभिबृद्धि तथा वित्तिय जोखिम न्यूनिकरण गर्न,सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण जस्ता सुशासनका औजारहरुको प्रयोगलाई कसिलो र व्यापक बनाइने उपाध्यक्ष यादवले बताउनु भयो ।
यसैगरी विकास निर्माण कार्यलाई पारदर्सी र व्यवस्थित बनाउन,विभिन्न कानून तथा दस्तावेज निर्माण गर्ने कार्यलाई निरन्तरता दिदै आगामी वर्ष पनि आवश्यक कानूनहरु बनाउने, विभिन्न सफ्टवयरहरु जडान गर्न, न्यायिक काम कारवाहीलाई छिटो छरितो सरल, सहज र कम खर्चिलो हुने गरी सम्पादन गर्न, समाजमा हुने विवादलाई मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न, कर्मचारी प्रशासनलाई जवाफदेही, उत्तरदायी, प्रतिस्पर्धी र उत्प्रेरित गर्न कर्मचारीको मनोबल उच्च बनाउन गाउँपालिकाको काम कारबाही प्रकृयालाई चुस्त, दुरुस्त, मर्यादित र समयमै सम्पादन योग्य बनाउन प्रोत्साहन स्वरुप पुरस्कृत तथा सम्मान उपलब्ध गराउन, गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाउन, गाउँपालिकाको सम्पूर्ण जानकारी तथा सूचना समयमा जनता सामु पुर्याउन वेवसाइड तथा साप्ताहिक बुलेटिन प्रकाशन गर्ने उद्देश्य प्राप्त गर्न, राजश्व प्रशासनलाई सुदृढ बनाउन, वित्तिय सुशासन कायम गर्न लगायतका सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रका लागि करिव ५ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।
राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको गाउँसभा कार्यक्रम गाउँपालिका जनप्रतिनिधि,कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेयले गर्नु भएको थियो ।

