
Lnp
Rgp1
Sgr
Unsku
Pbu
Ggp
pku
Rgp
Srbpu

Wsp
Bbu
Hal
Rgu
Gst
Rgu
Ksm
Pvg
Tsm
nsb
Ggd
Vor
Rgs
Sls
Bbbpu
Rsb
Ssm
Asm
Sbs

Syp
Pls
Ptm
Rpp
Rmb
Jmb
Bml
Gsb
Abd
bbt
Jmb
Mks
sab
दाङ । गढवा गाउँपालिका वडा नम्बर ४ को हडैया गाउँमा सात घरधुरीका झण्डै ३६ जना नागरिक १६ दिनदेखि विद्युत बिहिन भएर अन्धकारमा बस्नुपरेको गुनासो ब्यक्त गरेका छन् ।
जेठमासको चर्को गर्मिमा हाम्रो घरमा जडान गरिएको विद्युतको लाईन काटिएको छ । न त बत्ति बाल्न पाएका छौं न पंखा नै चलाउन पाएका छौं–स्थानीय पीडित चन्द्रबहादुर केसीले बताउनु भयो । सोह्र दिन भए यस्तो गर्मिमा विद्युत नहुँदा हामीलाई बाँच्न गाह्रो भएको छ–स्थानीय केशर बहादुर थापाले भन्नुभयो । लाईन जडान गरिदिनका लागि गढवा विद्युत र वडा तथा गाउँपालिका कार्यालयसंग पटक पटक अनुरोध गरिएको तर पनि हालसम्म काम नभएर अन्धकारमै बस्न बाध्य भएको स्थानीयहरुको गुनासो रहेको छ ।
केहि दिन अगाडी स्थानीय हरि बहादुर खत्रीले आफ्नो जग्गामा घर बनाउन भनी जग्गाको आँठाबाट पोल हटाउन माग गर्दै विद्युत प्राधिकरणको कार्यालयमा निवेदन दिएको र विद्युत कार्यालयले सुनुवाई नगरेपछि कार्यालयको इजाजत बिनै लाईन काटेपछि स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएको बताएका छन् । हामी नियमानुसारको प्रकृयामै थियौं तर हाम्रो आदेश बिनै घर बनाउने ब्यक्तिले लाईन काटेर घर बनाउने काम सुरु गर्नुभयो । स्थानीयको सहमति बमोजिम विद्युत लाईन लैजाने र पोल गाड्ने स्थान तय भएपछि विद्युत जडान गरिने र हाल पोलहरु पनि खसाली सकेको विद्युत कार्यालयले जनाएको छ ।
स्थानीयहरुले वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा तत्काल विद्युतका पोल तथा लाईन जडानकालागि समन्वय गरिदिन अनुरोध गरेको र स्थानीय सरकारको तर्फबाट विद्युत कार्यालयसंग समन्वय गरि छिट्टै समस्या समाधान गर्न पहल भै रहेको गढवा गाउँपालिकाले जनाएको छ । यता हाल लाईन काटिएको स्थानमा ब्यक्तिका पुर्जावाल जग्गाहरु परेकोले केहिले सहमति दिएपनि केहि उपभोक्ताहरुले बिरोध गरेकोले स्थानीय समाजसेवीहरु बैकल्पिक समाधानको उपाय खोजिरहेको बताएका छन् ।
नजिकै रहेको ऐलानी जग्गाबाट विद्युतका पोल गाडेर लाईन बिस्तार गर्ने स्थानीय समाजसेवीहरुको आग्रहलाई केहि ब्यक्तिहरुले स्विकार गरेको भएपनि ऐलानी जोतभोग गरेका केहि उपभोक्ताहरुले बिरोध गरेका कारण लाईन जडान कार्यमा सहमति हुन नसकेको स्थानीय समाजसेवी ओंम बहादुर केसीले बताउनु भयो । यसको स्थाई समाधान स्थानीय सरकारले खोज्नुपर्ने उहाँको धारणा छ । यो समस्या तत्काल समाधान गर्न हामीले विद्युत कार्यालय र स्थानीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि बेवास्ता भै रहेको छ, स्थानीय सामाजिक ब्यक्तित्वहरु बताउँछन् ।
त्यस्तै विद्युत लाईनबाट बञ्चीत भएपछि केहि स्थानीयहरुले आफै कालोतार किनेर काम चलाउ गरेको भएपनि खेतिको सिजनमा सिंचाई सुविधाकालागि निकै अप्ठेरो भएको बताएका छन् । स्थानीय सरकार र विद्युत कार्यालयले स्थानीय उपभोक्ताहरुलाई समन्वयगरि विद्युत लाईन बिस्तारको तत्काल स्थायी समाधान खोज्न जरुरी रहेको स्थानीय जानकारहरु बताउँछन् ।
