
Rgp1
Rgp
Pbu
Sgr
Ggp
Srbpu
pku
Unsku
Lnp

Hal
Vor
Sls
Ggd
Ksm
Bbbpu
Tsm
Rgs
Gst
Rgu
Asm
Bbu
Rsb
Pvg
Rgu
Wsp
Ssm
Sbs
nsb

sab
Ptm
Jmb
Jmb
Rpp
Pls
bbt
Bml
Rmb
Syp
Gsb
Mks
Abd
नुवाकोट । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटले जिल्ला प्रहरी कार्यालय नुवाकोटकाे सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरि च्वाडि पब्लिक माध्यमिक विद्यालयकाे कक्षा-१० काे ३० जना छात्रा र ३८ जना छात्रलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जना रेग्मी,प्रहरी जवानहरु कृष्ण विस्वकर्मा, सबिना चाैधरि र उमा थापा मगरद्वारा आत्मरक्षा तालिम दिईएकाे छ ।
नुवाकोट जिल्लामा विद्येमान सामाजिक समस्याको रुपमा रहेकाे विभिन्न बिकृति तथा बिसंगति विरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थामा जनसहयाेग गर्न विद्यालय स्तरमा यस किसिमकाे तालिम दिईएकाे कुरा प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जना रेग्मीले बताउनु भयाे । यसैगरि रुम टु रिड बालिका शिक्षा कार्यक्रमले जीवन उपयाेगि सीप र मेन्टाेरिङ तालिम विद्यालय स्तरमै रहि हाल बिदुर नगरपालिका नुवाकोटको ८,बेलकाेटगढि नगरपालिकामा – २, लिखु गाउँपालिकामा -१ र पञ्चकन्या गाउँपालिकाकाे-१ गरि १२ वटा सरकारि विद्यालयमा संचालन गरिरहेकाे त छ । र पनि बालबालिकालाई समस्या पर्दा आफु सुरक्षीत रहन सकुन भन्ने उद्देश्यका साथ आत्मरक्षा तालिम प्रहरीसंग समन्वयगरि गरिएकाे जानकारी रुम टु रिड पढ्नकाे लागि काेठा नुवाकोटका बरिस्ठ कार्यक्रम सहायक अर्चना चाैधरिले बताउनु भयाे ।
त्यस्तै आत्मरक्षा तालिम साथै साईबर सुरक्षा, लागू औषध दुर्व्यसनि तथा ओसारपसार नियन्त्रण, साईबर सुरक्षा,आत्महत्या न्युनिकरण सम्बन्धि प्रशिक्षण लगायतका प्रशिक्षण कार्यक्रमहरु प्रहरी संगकाे साझेदारिमा बालिका शिक्षा कार्यक्रम लागू भएका विद्यालयमा संचानल हुने जानकारी दिनु भएको छ । बालबालिकाहरुलाई यस्ता किसिमको तालिमहरुले सचेत र सुरक्षित रहन मद्धत पुग्ने हुँदा तालिम निकै प्रभावकारि रहेकाे कुरा च्वाडि पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका खरेल, बालिका शिक्षा कार्यक्रमका सम्पर्क शिक्षक तथा च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुर-५ माझिटार नुवाकोटका शिक्षक सुलाेचना श्रेष्ठले बताउनु भयाे ।

