इराधा झाक्री मगर आइतबार, जेठ १४, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन सुरू गरेको छ । उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा दिवसको अवसर पारि साँस्कृतिक समुहहरू बीचको प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

जसमा सामुहिक नृत्य तर्फ नेपाल मगर संघ नाैमती बाजा समुह राप्ती गाउँपालिका वडा नम्बर ३ प्रथम, मगर आमा समुह वडा नम्बर १ भालुवाङ दोस्रो र नम्सरी जि.एमको समूह तेस्रो र स्नेह पाण्डेको समुहले सान्त्वना स्थान ल्याउन अफल भएका छन् । भने एकल नृत्य प्रतियोगिता तर्फ मगर महिला संघ राप्ती १ भालुवाङकी सपना बुढा मगर प्रथम,पुनम नगरकोटी दोस्रो,आशाका किरण सान्त्वना स्थान प्राप्त गरेको छ ।

मन्त्रालयका सचिव रामहरि ज्ञवालीको अध्यक्षता एवम् आन्तरिक मामिला मन्त्रालयका सचिव लालबाबु कवारीको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र कमलापति चाैधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा राप्ती गापाका अधिकृत बासुदेव खनालले गर्नु भएको थियो । सोही कार्यक्रमको पुरस्कार वितरण सोमबार लुम्बिनी प्रदेशको सभाहलमा विहान ८ बजे विशेष समारोहको बिचमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]