
Lnp
Sgr
Rgp1
pku
Ggp
Pbu
Srbpu
Rgp
Unsku

Wsp
Asm
nsb
Sbs
Ksm
Rgs
Pvg
Rgu
Vor
Bbbpu
Hal
Rgu
Tsm
Gst
Bbu
Ggd
Rsb
Sls
Ssm

Pls
Gsb
Ptm
Mks
Abd
sab
Rpp
Jmb
Rmb
Bml
Syp
bbt
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ ।
सहकारीमा देखिएकाे बिकृति, सहकारीमा देखिएकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका नमुना सहकारीबाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन,अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनु भयो ।
गढवा गाउँपालिका सहकारी शाखाकाे आयाेजनामा गढवामा रहेका सहकारीहरुलाई भ्रमणकाे आयाेजना गरिएकाे सहकारी शाखा प्रमुख यादवले बताउनुभयो । पछिल्लाे समयमा सहकारीमा आएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ ? नमुना सहकारी कसरी बनाउने भन्ने विषयमा गढवा गाउँपालिकाका सक्रिय संस्थालाई अवलाेकन भ्रमण गराईएकाे यादवको भनाई रहेको छ।
५ दिने अवलाेकन भ्रमणकाे पहिलाे दिन जन उत्थान बचत तथा ऋण सहकारी संस्था बुटवल, देवदह काेलिय बचत तथा ऋण सहकारी संस्था देवदहकाे अवलाेकन गरिएकाे छ । साथै दाेस्राे दिन स्याङ्जा वालिङकाे उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्था स्याङ्जा र राेयल पाेखरा साकाेस तथा विभिन्न कृषि फर्मकाे अवलाेकन गरिने गढवा गाउँपालिका स्तरीय सहकारी संजालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो ।
त्यस्तै अवलोकन भ्रमणका सहभागी तथा आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बस्यालले ५ दिने अवलाेकन भ्रमण उपलब्धि मुलक हुने बताउनु भयो । गढवा गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको अवस्था सूधारमा यो अवलोकन भ्रमणलाई आफुले अर्थपूर्ण तरिकाले हेरेको बताउदै केहि महिनामा अवलोकन भ्रमणको उपलब्धि सहकारीहरुमा देखिने कुरामा आफु आशाबादी रहेको बताउनु भयो।
सहकारीअवलोकन भ्रमणमा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, २८ सहकारी संस्थाका अध्यक्ष तथा ब्यवस्थपक, दाङ जिल्ला सहकारी संघका सदस्य, गढवा गाउँपालिका सहकारी संञ्जालका अध्यक्ष लगायत गरी २८ जनाको टोली सहकारी देशको नमुना सहकारी संस्थाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरेको हो ।
सिकेका कुरालाई व्यवहारमा उतारि गढवा क्षेत्रमै नमुना सहकारी बनाउन सहकारीलाइ सजिलाे हाेस् भन्ने मान्यता राखि अध्ययन अवलाेकन भ्रमण राखिएकाे गढवा गाउँपालिका सहकारी शाखाले जनाएकाे छ ।
