
Sgr
Rgp1
Ggp
Pbu
pku
Rgp
Srbpu
Lnp
Unsku

Sbs
Hal
Ggd
Rgs
Bbu
Sls
Gst
Rgu
Ksm
Bbbpu
nsb
Vor
Rgu
Asm
Rsb
Pvg
Ssm
Tsm
Wsp

Jmb
sab
Jmb
Pls
Rmb
Mks
Ptm
Syp
Rpp
Abd
Bml
Gsb
bbt
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले चोरी मुद्दाका फरार रहेका प्रतिवादी चौधरीलाई १८ वर्षपछि पक्राउ गर्न गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङद्वारा २०६० साल फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । भने सोही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँच सय जरिमाना तोकेको थियो ।
त्यसैगरी सोही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैया जरिमाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई १८ वर्षपछि प्रहरीले उनकै घरबाट शुक्रबार पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा फैसला कार्यानवयनको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
ईलाका प्रहरी कार्यालय गढवाको प्रमुख भएर आएको छोटो समयमा प्रहरी निरीक्षक नवीन वलीले विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादीहरुलाई धमाधम पक्राउगरि अदालतलाई बुझाउनु भएको छ भने उहाँले अन्य विभिन्न चोरी, डकैती,लागुऔसत कारोबार गर्ने मानिसहरुलाई समेत पक्राउ गर्न सफल हुनु भएको छ । त्यस्तै अन्य नियम विपरीत कार्य गर्ने कुनैपनि निकायलाई आफुले नछाड्ने समेत जनाउनु भएको छ ।
