भानु जोशी/लमही शुक्रबार, जेठ ०५, २०८०

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पालीले व्यावसायिक र यात्रुको चापलाई हेर्नेहो भने देउखुरीमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् ।

एक सफल युवा ब्यबसायी समेत रहेका छम्पालीले आफ्नो फेसबुक वालमा ” दाङ जिल्लामा जति धेरै एयरपोर्ट बने उति राम्रो हो तर व्यावसायिक हिसाबले चल्ने प्रयाप्त यात्रुहुने भनेको देउखुरीमा एयरपोर्ट बनाउन सकेपछि मात्र हो, बनाउने मात्रै हैन चल्ने ठाउँ पनि हेरौं हजुर ” भनि उल्लेख गरेका छन् । हुन पनि लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरीमा दाङका अन्य स्थान भन्दा विमानस्थल बनाउन सबै हिसाब उपयुक्त हुन्छ ।

प्रदेश राजधानीमा सेवा लिन आउने जाने सेवाग्राहीदेखि लिएर भिआईपिहरुको समेत आवागमन हुने भएकोले पनि देउखुरीमा विमानस्थल दीर्घकालीन रुपमा संचालन गर्न सकिन्छ। पुर्व- पश्चिम ( महेन्द्र) राजमार्ग समेत देउखुरीमै पर्ने भएकोले पनि अरु यात्रुले समेत सेवा लिन सक्छ्न । राप्तीले बिगतमा बगरमा परिणत गरेको जग्गालाई एयरपोर्ट बनाएर उपयोग गर्न सके प्राकृति सौन्दर्य समेत बढाउनेछ। भने तटबन्ध गराउँदा अरु खेतीयोग्य जग्गाको पनि संरक्षण हुने देखिन्छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]