भानु जोशी/लमही बिहिबार, जेठ ०४, २०८०

दाङ । देउखुरीको लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र उभिएका विद्यार्थीहरुको संख्या अधिक रहने गरेको छ । कतिपय विद्यालयहरुका भ्यानमा त विद्यार्थीहरु ढोकामा समेत झुन्डिएको स्पष्ट देख्न सकिन्छ । यसले गर्दा विद्यार्थीहरुले पठनपाठन गर्न आउँदा सास्ती खेप्नु पर्ने त छदैछ भने सवारी दुर्घटनामा समेत पर्ने खतरा त्यत्तिकै छ ।यसरी विद्यार्थीहरुको जीवनमा खेलवाड गरेर विद्यालय प्रशासन किन कमाउ धन्दामा लागेकोछ, बुझी नसक्नुछ । नियमन गर्ने निकाय ट्राफिक प्रहरीले पनि सार्वजनिक गाडीहरु दिनकै चेकजाँच गर्ने र गल्ती भेटिए जरिवाना गर्ने गरेकोछ भने विद्यालयका भ्यानहरु कहिले चेकिङमा परेको दिखिदैनन। त्यस्तै तस्बिरमा देखिएका केही विद्यालयहरु प्रतिनिधि उदाहरण हुन भने अधिकांश विद्यालयहरुले यसैगरि विद्यार्थी ओसारी रहेका छन् । समयमै यिनलाई नियमन गरिएन भने कुनै दिन ठूलै दुर्घटना हुने त छदैछ तर नियमन गर्ने निकाय मौन रहनुलाई पनि नागरिकले शंकाको दृष्टिले हेरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]