
pku
Sgr
Rgp
Ggp
Rgp1
Srbpu
Unsku
Pbu
Lnp

Hal
Wsp
Rgu
Rgu
nsb
Sbs
Sls
Bbbpu
Vor
Pvg
Tsm
Asm
Rgs
Ssm
Gst
Ksm
Bbu
Ggd
Rsb

Syp
Jmb
Mks
Rpp
Jmb
Gsb
Pls
Bml
Ptm
Rmb
bbt
sab
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सर्वदलीय बैठकको आयोजना गरि राप्ती नदी उत्खनन गर्ने तयारी गरेको छ ।
पालिकाले हालै सर्वदलीय बैठकको आयोजना गरि उक्त निर्णय पारित गरेको बैठकमा सहभागी एक दलका नेताले जनाएका छन् । बैठकमा राप्ती गाउँपालिका भित्र क्रियाशिल पुराना तथा नयाँ दलका प्रतिनिधि र सरोकारवाला पक्षको समेत उपस्थिति रहेको बताइएको छ । उक्त बैठकले राप्ती नदीका तीन सिमाना घाट,बग्रापुर,बसन्तापुर,कटाहा र खुरुरियाघाट गरि पाँच ठाउँमा उत्खनन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सो सम्बन्धि यथार्थ बुझ्न हाम्रो टीम राप्ती गाउँपालिका जाँदा पालिका अध्यक्ष प्रकाश बिष्ट पालिका बाहिर रहेको जानकारी प्राप्त भयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीलाई यो सम्बन्धि बुझ्दा सर्वदलीय बैठक बसेको स्वीकार गरे पनि उत्खननको विषय मात्र सर्वदलीय बैठकको एजेन्डा नभएको बताउँ छन् । वलीले राप्तीमा गर्न थालिएको उत्खनन नेपाल सरकारको मापदण्ड- २०७७ बमोजिमनै चुरेबाट सहमति लिएको बताए ।
राप्तीका पाँचवटा घाट तीनसिमाना घाट, बग्रापुर, बसन्तापुर, कटाहा र खुरुरीया घाटमा ठेक्का आह्वान गरेको भए पनि तीन सिमाना,बसन्तापुर घाटमा ठेक्कानै नउठाएको र बग्रापुरमा ६ नम्बर वडा कार्यालयले अमानतमा काम गराइ रहेकोछ उनले भने । कटाहा र खुरुरीया घाटमामा टेण्डर भएको छ । कटाहामा १८ हजार तीन सय अठहत्तर घनमिटर र खुरुरीया घाटमा ११ हजार आठ सय छब्बीस घनमिटर खन्ने इजाजत दिएको वलीले बताएका छन् । काँस र बुट्यान भएको क्षेत्रमा टायरवाला मेसिनको प्रयोग गर्न इजाजत दिएको हो । मेसिनले उत्खनन गर्दा ७० सेन्टिमिटरदेखि १ मिटरसम्म गर्न पाउने कागजी मापदण्ड रहेको छ ।
त्यस्तै प्रगन्ना कुलोमा पनि उत्खनन गर्ने इजाजत दिएको बताइएको छ । यो उत्खनन गौरवको आयोजनाका लागि र बिपत ब्यबस्थापनको नाममा गरिन लागेको हो । उत्खननको अवधि १५ दिनको हुने बताइएको छ ।
बिगतमा पनि यस्तै बिपत ब्यबस्थापनका नाममा बाढी बस्तीमा पसेर धनजनको क्षति गर्ने र गौरवको आयोजनाका नाममा कहालीलाग्दा उत्खनन हुँदै आएका छन् । दिनभरि उत्खनन गर्ने र राती क्रसर उद्योगमा डम्पिङ हुने गरेका छन् । यसले गर्दा राज्यकोषमा न्यून रकम जम्मा हुने र व्यवसायिले मनग्ये कमाउने गरेका छन् । राप्ती गाउँपालिकाले गर्न थालेको उत्खननमा पनि स्थानीयले व्यापक आशंका ब्यक्त गरेका छन् ।
