
Pes
Sgr
cjs
Unsku
Srbpu
Lnp
Rgp1
Pbu
Ggp
Ses
Djs
Rgp
pku
Gfs

Bbu
Rgs
Rgu
Sls
Sbs
Asm
Hal
nsb
Tsm
Wsp
Rgu
Bbbpu
Ksm
Ssm
Vor
Ggd
Pvg
Rsb
Gst

Rpp
Jmb
Ptm
Syp
bbt
Abd
Jmb
Rmb
Pls
sab
Gsb
Bml
Mks
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक राजकुमार भट्टले राजपुर गाउँपालिका वडा नम्बर ५ को चंगवा प्रहरी चौकीमा एक कार्यक्रमको बीच जनप्रतिनिधि, कर्मचारी विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि,समाजसेवी एवम् बुद्धिजीवी,व्यापारी लगायत स्थानीय नागरिक संग शुक्रबार शान्ति सुरक्षा सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर ईलाका प्रहरी कार्यालय गढवामा आउनु भएका नव प्रहरी निरिक्षक भट्टको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको परिचयात्मक कार्यक्रममा गाउँ समाजमा घट्ने घटनाहरु चोरी तस्कर,लागुऔसत ओसारपसार,जुवातास खेल्ने, मदिरा सेवन गरि झैझगडा र अनावश्यक होहल्ला गर्ने प्रविधिलाई न्यूनीकरण तथा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा माध्यमद्वारा व्यवस्थित ढंगले व्यवस्थापन गर्ने बिषयमा वृहतरुपमा छलफल भएको थियो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत,राजपुर गाउँपालिका न्यायक समितिका संयोजक तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,नेता जगतपाल योगि,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,७ का अध्यक्ष भिम बहादुर खड्का, ४ का अध्यक्ष रामेश्वर यादव,नेकपा राजपुर गाउँ कमिटी सदस्य दोय पुष्कर वली,चेतराम यादव, भोगेन्द्र सिंह राजपुत लगायतले बोल्नु भएको चंगवा प्रहरी चौकीका प्रहरी इन्चार्ज जगतराम चौधरीले जानकारी दिनु भएको हो ।
