मेगमन बुढा शनिबार, आश्विन १७, २०७७

दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाका नव प्रहरी निरिक्षक राजकुमार भट्टले राजपुर गाउँपालिका वडा नम्बर ५ को चंगवा प्रहरी चौकीमा एक कार्यक्रमको बीच जनप्रतिनिधि, कर्मचारी विभिन्न राजनीति दलका पार्टी प्रतिनिधि,समाजसेवी एवम् बुद्धिजीवी,व्यापारी लगायत स्थानीय नागरिक संग शुक्रबार शान्ति सुरक्षा सम्बन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

महानगरीय प्रहरी वृत लयनचौर काठमाडौंदेखि सरुवा भएर ईलाका प्रहरी कार्यालय गढवामा आउनु भएका नव प्रहरी निरिक्षक भट्टको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको परिचयात्मक कार्यक्रममा गाउँ समाजमा घट्ने घटनाहरु चोरी तस्कर,लागुऔसत ओसारपसार,जुवातास खेल्ने, मदिरा सेवन गरि झैझगडा र अनावश्यक होहल्ला गर्ने प्रविधिलाई न्यूनीकरण तथा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै शान्ति सुरक्षा माध्यमद्वारा व्यवस्थित ढंगले व्यवस्थापन गर्ने बिषयमा वृहतरुपमा छलफल भएको थियो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेत,राजपुर गाउँपालिका न्यायक समितिका संयोजक तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी,नेता जगतपाल योगि,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,७ का अध्यक्ष भिम बहादुर खड्का, ४ का अध्यक्ष रामेश्वर यादव,नेकपा राजपुर गाउँ कमिटी सदस्य दोय पुष्कर वली,चेतराम यादव, भोगेन्द्र सिंह राजपुत लगायतले बोल्नु भएको चंगवा प्रहरी चौकीका प्रहरी इन्चार्ज जगतराम चौधरीले जानकारी दिनु भएको हो  ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]