
Ssbus
Pbu
Ssbus
dsbus
Ssbus
Jsbus
Csbus
Rsbus
Lsbus
Gsl
Ksbus
bpmhl
Bksbus5
Ksbus
gms
Nssbus7
Gsbus
Ksbus
Bsbus

Hal
Rgs
Sls
Gst
Ssm
Ksm
Pvg
nsb
Sbs
Bbu
Rgu
Rsb
Bbbpu
Wsp
Rgu
Asm
Vor
Tsm
Ggd

sab
Rpp
Jmb
Ptm
Syp
Mks
Abd
Rmb
Jmb
bbt
Pls
Bml
Gsb
नेपाली जनसम्पर्क समिति क्यानडाले तत्काल निर्वाचनका लागि बाताबरण श्रीजना गर्न नेपाली काङ्ग्रेसलाइ ध्यानाकर्षण गराएको छ ।
जनसम्पर्क समिति क्यानडाको पूर्व पदाधिकारीहरुको भेलाले समितिको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन काँग्रेसको केन्द्रीय समिति र विभिन्न उपसमितिहरुलाई ध्यानाकर्षण गराएको हो ।
समितिले काँग्रेस केन्द्रीय समितिलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको र निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन पत्रमा उल्लेख गरेको छ । सिधापत्र कर्मी संग टेलीफोन मार्फत कुराकानि गर्दै गत अगष्टमा नै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिति क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितिका पूर्व महामन्त्री निरञ्जन थापाले बताउनु भयो ।
नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रीय प्रतिनिधि खटाउँनु पर्ने व्यवस्था छ ।
नेपाली जनसम्पर्क समिति क्यानडाको सन् २०१८ को अगस्ट २८ मा अधिवेशन सम्पन्न भएको थियो । काँग्रेस केन्द्रीय समितिले जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिदिएपनि समितिलाई स्वीकार्य हुने बताइएको छ । त्यस्तै समितिले ध्यानाकर्षण पत्रमा विभिन्न मागहरु प्रस्तुत गरेको छ । जनसम्पर्क समितिले उक्त मागहरुलाई उच्च चासो दिई उचित सम्बोधन गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।
यो अनुरोधलाई कमजोरिको रुपमा नलिन पनि अनुरोध गरिएको छ । त्यस्तै नेपाली काँग्रेस प्रति नेपाली जनसम्पर्क समितिका सदस्यहरु सधै बफादार र निष्ठावान भएकाले पार्टीको सम्पूर्ण कृयाशिल सदस्यता र साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदीय जिम्मेवारीमा नबस्ने जानकारी गराइएको छ ।
समितिले नेपालि काङ्ग्रेस लाइ पत्राचार यसरि गरेको छ ।
श्रीमान पार्टी शभापति ज्यु,
नेपाली काङ्ग्रेस,केन्द्रिय कार्यलय,
सानेपा,काठमाडौं
बिषय: ध्यानाकर्षण गरायेको बारे |
महोदय,
उपरोक्त सम्बन्धमा यो छ की, हामी नेपाली काङ्ग्रेसमा आस्थावान भइ प्रवासी जिवनमा पनि लोकतान्त्रिक आधारमा अडिक रहि रास्ट्रियता ,लोकतन्त्र र समाजबादको सिद्धान्तमा कटिबद्ध भयेर हिंडी रहेका छौं। गौरवमाया ईतिहास बोकेको पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिती क्यानडाको मुल भुत समस्याको बारेमा यहालाइ यश पत्रका साथ ध्यानाकर्षण गराउदछौ ।नेपालमा रहदा नेपाली काङ्ग्रेसको संगठनको विभिन्न तह र तप्कामा रही हामीले सक्दो सेवा गरेका थियौ ।
अतः हामी लोकतान्त्रिक आस्थावान ब्यक्तिहरुको मिति सेक्टेम्बर १९, २०२०मा नेपाली जनसम्पर्क समिती क्यानडा (NPRC) का पूर्व अध्यक्ष अन्जानी भट्टराईज्युको अध्यक्षतामा बसेको भेलाले केही प्रस्ताव उपर छलफल गरि निम्न निर्णयहरु गरेका छौ । १: नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य श्री दिपक गिरिज्युले क्यानडाको भ्रमण गर्ने क्रममा २८ अगस्ट २०१८मा जनसम्पर्क समिती क्यानडाको गराउनुभयेको भनियेको अधिबेशनलाई पार्टीले आधिकारिकता दियेकोमा जनसम्पर्क समिती क्यानडाको उक्त म्याद सकियको हुनाले नेपाली काङ्ग्रेसको बिधानको परिच्छेद ५को धारा ३ बमोजिम नियमित अधिबेशनको लागि नेपाली काङ्ग्रेसलाइ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रिय प्रतिनिधि खटाइदिनु हुन बिनम्र अनुरोध गर्दै केन्द्रिय सभापति लगायत सम्पूर्ण कार्यसमितिमाझ ध्यान आकर्शण गराउन चाहन्छौ।
२: बर्तमान जनसम्पर्क समितीले सबैलाई समेटेर अगाडि बढ्न नसकेकाले गैर आवशिय नेपाली संघ क्यानडामा निरन्तरको पराजय र कम्युनिस्टहरुको दब्दबाको सिकार आम काड्रेसिहरु भएको ब्यहोरा यँहा समक्ष ध्यानाकर्षण गराउदछौ । ३: जन सम्पर्क समितिको समन्वय बिभाग प्रमुख आदरणीय श्री गोबिन्द भट्टराईज्युलाई येँहाको बिवादको बिषयमा बिभिन्न माध्यम बाट पटक पटका जानकारी गराइसकेको ब्यहोरा जान्कारि गराउँदछौ।
४:हामी सम्पुर्ण क्यानडा बासी काड्रेसीहरुको एजेन्डा एउटा सकृय जनसम्पर्क समिती बनोस जस्ले नेपाली काङ्ग्रेसको गौरवमय इतिहासलाई कायम राख्दै बिदेशमा पनि नेपाली काङ्ग्रेसको छवि उज्ज्वल बनाइराख्न सम्पुर्ण लोकतान्त्रिक आस्थावानहरु पार्टीप्रती आकर्सित भैरहुन नै हो । ५:अन्त्यमा, यहाँ जो सुकैलाइ निर्वाचन समितिको सम्योजक तोकियेपनी हाम्रो पुर्ण समर्थन रहनेछ भन्दै हामीले उठाएका बिषयप्रती उच्च चासोको रुपमा लीई तदारुक्ताका साथ हाम्रा मागहरुलाई उचित सम्बोधन गर्नु हुनेछ भन्ने बिश्वास लिएका छौ। हाम्रो मागहरु आग्रहको रुपमा रहेका छन तर यसलाइ हाम्रो कमजोरिको रुपमा परिचित नगराइयोस अन्यथा हामी सम्पुर्ण उपस्थित ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रती सदैव बफादार , निष्ठावान रहने तर पार्टीको सम्पुर्ण कृयाशिल सदस्यता ,साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदिय जिम्मेवारी मा नबस्ने जान्कारी गराउदछौ ।
समितिले बोदार्थमा उप सभापति बिमलेन्द्र निधी,उप सभापति बिजय गच्छादार,महामन्त्री डा.शशांक कोइराला,केन्द्रिय सदस्य पूर्ण बहादुर खड्का,केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ,प्रमुख सचेतक बाल कृष्ण खाड,सम्योजक गोबिन्द भट्टराई,जनसम्पर्क समिति समन्मय बिभाग समितिले नेपालि काङ्ग्रेसको केन्द्रिय कार्यलय सानेपालाइ पत्राचार गरि ध्यानाकर्षण गराएको हो ।
