
Csbus
Bksbus5
Pbu
Rbs
Jsbus
Nssbus7
gms
Gsbus
Ratbs
dsbus
Ssbus
Amb
Gsl
Ddhbs

Rgu
Bbbpu
Sbs
nsb
Ksm
Rgu
Bbu
Tsm
Rsb
Pvg
Hal
Ssm
Wsp
Gst
Vor
Asm
Ggd
Rgs
Sls

Bml
Jmb
Gsb
Mks
Ptm
Jmb
Syp
sab
Pls
bbt
Rmb
Rpp
Abd
चितवन । केही महिना अघि मेरो सासु बिरामी छु भन्नु भयो तर बिरामी के को हो भन्नु भएन अनि धेरै दुखेको र त्यो दुखाइ अहिले को नभएर विगत एक वर्ष पहिले बाटको भन्नुभयो तर सामान्य ठानेर सहँदै आउनुभएको रहेछ र अहिले धेरै नै दुखेर सहन नसकेपछि मलाई भन्नु भयो ।
मैले तुरुन्तै भालुवाङ स्वास्थ्य चौकीमा लगे त्यहाँ चेकजाँच गर्दा मलाई बल्ल थाह भयो स्तन सम्बन्धी रहेछ अनि डाक्टरसँग बुझ्दा क्यान्सरको लक्षण जस्तो देखिएको भन्ने पाए । मलाई रिफरको लागि भन्नु भयो अनि मैले वि.पी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनको लागि रिफर मागे अनि सासु आमालाई लिएर सिधै चितवन क्यान्सर हस्पिटल तिर लागे । माघ महिनाको जाडो थियो हामी बिहानै भालुवाङबाट चितवन तर्फ हिड्यौं बुटवल नारायणघाट सडक खण्डको निर्माण कार्यले बाटो बिग्रिएकाले समयमा पुग्न सकिएन लगभग दिउँसोको पउने चार बजे तिर पुगेका थियौं र अस्पतालको गेटमा अटोबाट ओर्लियौ । ओर्लने बित्तिकै एकजना अपरीचित दिदीले हस्पिटल आउनु भएको हो ? भनेर सोध्नु भयो अनि मैले टाउको हल्लाएर हो भनेर सहमति जनाए आउनु होस् म सहयोग गर्छु टिकट काट्ने ठाउँ सबै देखाइदिन्छु भन्नु भयो म अलि अप्ठेरो मानेको जस्तो देखेर उहाँले आफ्नो परिचय दिनुभयो मेरो होटेल छ म हजुरहरु जस्तो नयाँ बिरामी लिएर आउनेलाई सहयोग गर्छु भन्नु भयो अनि म ढुक्क भएर उहाँको पछि पछि लागे उहाँले टिकट काट्ने ठाउँ अनि डाक्टरको रूमसम्म हामीलाई पुर्याउनु पुरभयो अनि डाक्टरले ब्लड र एक्सरे गर्नु पर्ने बताउनु भयो तर त्यो दिन अबेर भयकोले अब यही बस्नुपर्ने भयो । हामीलाई सहयोग गर्ने त्यही दिदीको होटलमै जानु पर्छ हामीलाई यति सहयोग गर्नु भएको छ भन्दै मनमा सोचें र दिदीलाई जाऊ भएर त्यतै तिर लाग्यौ जाँदै गर्दा बाटोमा त्यो दिदी सँग कुराकानी गरे पहाड घर पर्वत रहेको र विगत दश वर्षदेखि यहीँ होटल गर्दै आउनु भएको रहेछ । एकदम मिलनसार मिठो बोलीवचन भएको हुनुहुँदो रहेछ साहु साहुनी दुवै जना नै,करिब हस्पिटलको १ नम्बर गेटबाट पश्चिम दक्षिण तर्फ करिब तीन सय मिटर भित्र रहेछ र होटलको नाम न्यू शेरा होटल रहेछ मैले बोर्ड देखि हाले त्यही छेउमा हरियो रंगको अटो पनि रहेछ मैले सोधी हाले यो अटो तपाईंको हो भनेर साहुनीले हजुर हो मेरो श्रीमानले चलाउनु हुन्छ भन्नु भयो । हामी होटल भित्र पस्यौं छेउमै व्हीलचियर पनि रहेछ बिरामीलाई हस्पिटल लाने लेउने गर्नलाई रहेछ । सबै कुराको सुविधा अनि सस्तो पनि रहेछ ।
यहाँको व्यापार गर्ने तरिका मलाई मान पर्यो सेवा दिने र लिने । हाम्रो दुई तीन पटक को आवतजावतमा यही नै बस्यौ मध्ये रातमा आउँदा पनि साहुजी झरको नमानी अटो मा लिन आउनु हुन्थियो पुल्चोक सम्म। यसरी ब्लडटेष्ट,सिटी स्क्यान,भिडियो एक्सरे,एक्सरे गरिसके पछि फर्स्ट स्टेज को स्तन क्यान्सर भयको पत्ता लाग्यो मन भारी भयो किन एस्तो भयको होला भनी मन मा धेरै प्रश्न उठ्यो ??? डाक्टर को सल्लाह अनुसार तुरुन्त अपरेशन गर्नु पर्ने भयो र चैत्र बीस गतेको मिति लियौँ र फर्कने तयारी गर्यौ अनि घर मा गएर सबै चाँजोपाजो मिलाएर १८ गते नै हिड्यौं १९ गते बेड भर्ना लियो र २० गते अपरेशन सम्पन्न भयो लगभग १५/२० दिनमा हामी घर फर्कियौ। हामी मात्रै हैन धेरै एस्तो बिरामीहरू रहेछन् जो धेरै टाढा टाढा बाट आउँदो रहेछन् जो क्यान्सर बाट पीडित भयको अनि बुझ्दै जाँदा धेरै जनालाई यो क्यान्सर कसरी लाग्छ? लाग्दा के हुन्छ ? लाग्न नदिन के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने सामान्य जानकारी नै नभयको कुरा मैले थाहा गरे अनि त्यो बारे मलाई जान्न मन लाग्यो अनि यो कुरा पत्ता लगाए वास्तविक रुपमा जनचेतनाको कमी,अन्धविश्वास (धामी झाक्री गर्ने),अनि लाज मानेर समयमै हस्पिटल नजाने सहेर बस्ने आफै औषधि खाने र कम मात्रामा वंशाणुगत गुणका कारण क्यान्सर रोग लाग्ने गरेको मैले पाए । क्यान्सरबाट बच्ने उपायहरु यसप्रकार रहेको छ ।
(१) चुरोट,बिंडी,खैनी,सुर्ती,जाँड,रक्सी र लागूपदार्थ सेवन नगर्ने ।
(२) बासी सडेगलेको ढुसी परेको खानाहरु नखाने ।
(३) पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने
(४) अखाद्य रंग प्रयोग गरिएको खानेकुरा नखाने ।
(५) चिल्लो बोसोयुक्त खानेकुराहरु र धेरै नुन नखाने ।
(६) धूलो , धुवाँ र वातावरणीय प्रदूषणबाट जोगिने ।
(७) नियमित शारीरिक व्यायम गर्ने र अनावश्यक मोटोपन घटाउने ।
(८) मौसम अनुसारको हरियो सागपात तरकारी र फलफूल खाने ।
(९) महिलाहरुले आफ्नो गर्भाशय स्राव परिक्षण (Pap Smear) गर्ने ।
(१०) स्तनमा गिर्खा , गाँठागुठी पलाएको छ – छैन , प्रतेक महिलाले आफैले राम्ररी छामेर विचार गर्ने र फेला परेमा अस्पतालमा म्यामोग्राम चेक गराउने ।
(११) आफ्नो गुप्ताङ्ग सधैं राख्ने ।

