
Ksm
Mbdvs
Gisld
Sds
Pbu
mbd
Rbs
Anm
Gmk

Rgu
Ssm
Hal
Asm
Bbbpu
Rgu
Sls
Ggd
Rsb
Ksm
Wsp
nsb
Vor
Rgs
Gst
Pvg
Bbu
Tsm
Sbs

Ptm
Syp
Jmb
sab
Rmb
Rpp
Abd
Jmb
bbt
Bml
Mks
Pls
Gsb
दाङ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
त्यस्तै उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।
ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ । न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्याली निकाल्ने कोसिस गरेका थिए ।
यस्तै ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ । ७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए । उनी मंगलबार दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर अदालत गएका थिए । उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे । त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेका छन् । पक्राउ परे पनि उनीमाथि हतकडी भने लगाइएको छैन ।
अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो । त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए । अदालतबाट निस्किएर उनी फ्लोरिडा गएका छन् । त्यहाँ आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फेरि पनि उनले आफूले कुनै गल्ती नगरेको भन्दै घटनालाई राजनीतिकरण गरिएको जिकीर गरेका छन् ।
