
Pbu
Gfs
Rgp
cjs
Sgr
Ggp
Lnp
sbs
Djs
Pes
Srbpu
pku
Unsku
Rgp1

Bbbpu
Rsb
Hal
Rgs
Sls
Sbs
Tsm
Rgu
Rgu
Ssm
Wsp
Asm
Bbu
Ggd
Ksm
nsb
Vor
Pvg
Gst

Gsb
Jmb
Bml
Ptm
Syp
sab
Rpp
Mks
Abd
Pls
Jmb
bbt
Rmb
दाङ । देउखुरीको लमहीमा आज शनिवार ११ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा लमहीको नेत्रलाल स्मृति भवनको क्वारेन्टिनमा बसेका ६ जना र लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कम्पनीका ५ जना कामदार रहेको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताउनु भएको छ ।
संक्रमित हुनेमा लमही नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ का एक जना महिला र दुई जना पुरुष, वडा नम्बर ६ का दुई जना महिला रहेका छन । ६ दिन अघि भारत बाट सम्राट सिमेन्ट कम्पनीमा काम गर्न आएका भारतीय कामदारमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै नेत्रलाल स्मृति प्रतिष्ठानमा बसेकाहरु पनि केहि दिन अघि कामको सिलसिलामा भारत गएर फर्किएका हुन । कोरोना संक्रमित हुनेहरु दुई वर्ष देखि लिएर पचास वर्षका रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिनु भयो । अहिले सम्म लमही नगरपालिकामा ६७ जनामा कोरोना पुष्टि भएको छ भने ३८ जना निको भएर घर फर्की सकेका छन । सक्रिय संक्रमितको संख्या २९ जना रहेको छ । भारतबाट काम गरि फर्कीएकाहरु सुनडबरी सम्म गाडी रिजर्भ गरेर आएका थिए भने त्यहाँबाट लमही आउदा अन्य गाडी प्रयोग गरेर आएको खुल्न आएको छ ।
