तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, फाल्गुण २८, २०७९

दाङ । राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेलमैदानमा शनिबार सम्पन्न भएको छ।

फागुन २५ गतेदेखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको छ भने महिला तर्फकाे फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ काे फुटबल टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै विजेता बनेको छ।

खेलमा विजेता र उपविजेता बनेका खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भयो ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नु भयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको साे अध्यक्ष कप फुटबल प्रतियोगितामा पालिका अन्तर्गतका १८ टिमकाे सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]