
Pbu
Srbpu
Lnp
Rgp
Sgr
Unsku
pku
Ggp
Rgp1

Hal
Gst
Wsp
Ggd
Bbbpu
Sbs
Rgu
Pvg
nsb
Rgs
Rgu
Sls
Bbu
Asm
Tsm
Ssm
Rsb
Vor
Ksm

Gsb
Abd
Jmb
bbt
Rpp
Rmb
sab
Mks
Syp
Ptm
Jmb
Pls
Bml
दाङ । देउखुरीको लमही नगरपालिकामा भरखरै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन बहादुर थापालाई सोमबार एक कार्यक्रमको बीच स्वागत तथा सम्मान गरिएको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट सरुवा भएर आउनु भएका थापालाई लमही नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै भर्खरै सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत थापाले लमही नगरपालिकाको विकासको लागि आफू लगायत आफ्नो मातहतका सम्पूर्ण कर्मचारीहरु दत्तचित्त भएर लागि पर्ने बताउनु भएको छ ।
करिब ८/१० वर्ष जिल्ला प्रशासन कार्यालयमा काम गरेको अनुभव आफुसंग भएको र अहिले आफू गृहमन्त्रालय तिर जाने सोच बनाएको भएपनि सामान्यप्रशासन मन्त्रालयले स्थानीय तहको नगरपालिकाहरुमा धेरै कामकाजहरु रोकिएको र अघि नबढेको हुँदा ३८ जना उपसचिवहरुलाई स्थानीय तहमा खटाएको बताउनु भयो ।
म लमही नगरपालिकामा आउँदै गर्दा धेरै साथीहरुले गाह्रो हुन्छ कि भन्नू भएको थियो । यहाँ रहेर काम गर्ने सवालमा आफ्नो मानसपटलमा जुन दुबिधा रहेको थियो,”तर मलाई जीवनको अविस्मरणीय क्षद रहनेगरि जनप्रतिनिधि,कर्मचारी र पत्रकारहरुबाट आफुलाई भव्य सम्मान र स्वागत गरेको देख्दा त्यो दुबिधा बिल्कुलै हटेको बताउदै,आफू कुनैपनि हालतमा लमही नगरपालिका छाडेर जान नसक्ने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भयो ।
आफु लमही नगरपालिकामा रहदासम्म जनप्रतिनिधि र कर्मचारीसंग समन्वय एवं सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । त्यस्तै आफ्ना मातहतका कर्मचारीसंग एकपटक छलफल गरेर विशेष नगरवासीको गुनासालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिने समेत प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनु भएको छ ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई लुम्बिनी प्रदेशकै नमूना नगरपालिका बनाउने उद्देश्य राखेर तिब्र गतिका साथ कामकाज अगाडि बढाउन नगरपालिकाका कर्मचारीलाई आग्रह गर्नु भयो । नगर प्रमुख चौधरीले अधिकृत थापालाई समृद्ध नगरको विकासमा अतुलनिय योगदान पुर्याउन अनुरोध गर्दै,नगरपालिकामा विद्युत् सेवा नभएको समयमा पनि अन्य विद्युतीय उपकरणको प्रयोगगरि नगरको सम्पूर्ण कामकाजलाई तिब्र गतिमा लैजना आग्रह गर्नु भयो । हाँले हिजोका दिनलाई भुलेर अब समग्र नगरको विकासमा अहोरात्र खटेर लाग्नपनि आग्रह गर्नु भयो ।
लमही नगरपालिका नगर उप-प्रमुख लक्ष्मी योगीले नगरपालिकाको समग्र विकासका लागि काख र पाख नगरि विकासका कार्यलाई ध्यानमा राखेर अगाडी बढ्नु पर्ने बताउनु भयो । यस्तै उहाँले कर्मचारीले कार्यसम्पादन गर्दा कत्तिपनि कञ्जुसाई नगरी नगरपालिकामा आउने सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्न समेत आग्रह गर्नु भयो ।
त्यस्तै उहाँले कर्मचारीहरु स्थायी सरकार भएको र आफुहरु अस्थायी सरकारको रुपमा आएको हुँदा छोटो समयमा नागरिकको समस्या र नगरभित्रको समग्र विकासलाई सहकार्य गरेर कार्य गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नंग र मासुको जस्तै बलियो हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाँले हरेक कार्यमा वडा अध्यक्षहरुसंग सहकार्य गरेमा आफ्नो साथ र सहयोग अदभूतका साथ रहने बताउनु भयो ।
यसैगरी पत्रकारहरुको तर्फबाट रेडियो हाइवेका प्रबन्धकनिर्देश तथा वरिष्ठ पत्रकार केपी घिमिरेले स्थानीय सरकारहरुले मिडियासंग सहकार्य एवं समन्वय गरेर आफ्ना काम कार्यहरु अघि बढाएमा यहाँको सूचनाहरु प्रवाह हुने सुझाव दिनु भएको थियो ।
यस्तै स्वागत कार्यक्रममा लमही नगरपालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृत थापालाई फुलमाला,खादा र अबिर लगाएर भब्य स्वागत गर्नु भएको थियोे ।
त्यस्तै उक्त कार्यक्रममा भर्खरै सम्पन्न भएको स्वर्गीय खुमबहादुर खड्का दाङ जिल्ला स्तरीय भलिबल प्रतियोगितामा लमही नगरपालिकाबाट सहभागी भएको खेलाडी टिम दोस्रो भएको हुँदा सो टिम व्यवस्थापक भरत कवँरलाई विशेष स्वागत गरिएको थियो ।
लमही नगरपालिका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका प्रशासन शाखाका प्रमुख महेश थापा ठेडी मगरले गर्नु भएको थियो।

