
Sssbus1
nsm
tssbus
Gsl
Bs1
Sssbus1
Ssbus
ssbus
Ssbus
Pbu
Ssbus

Rgu
Sls
Bbu
Rgu
Pvg
Rsb
Sbs
Asm
Gst
Ggd
Tsm
Ssm
Wsp
nsb
Rgs
Bbbpu
Ksm
Vor
Hal

Ptm
Rmb
sab
Pls
Rpp
Jmb
Gsb
Mks
bbt
Bml
Jmb
Syp
Abd
काठमाडौँ । ऊर्जा,जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको हो । कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदाइ भएपछि बिजुली कटौती हुने समस्या देखिएको छ । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि अनुरोध गर्नु भएको छ ।
‘जनता हाम्रा ग्राहक हुन्,ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस् ,मन्त्री पुनले भन्नु भयो । नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गुनासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटो भन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं । मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिनु भएको हो ।
‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भन्नु भयो । ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताउनु भयो । उहाँले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट पार्नु भएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिनु भयो ।प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफै समाधान भएर जाने जानकारी दिनु भएको छ । प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको उहाँको भनाइ रहेको थियो ।
‘ललितपुरको खोकना र काठमाडौँको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भन्नु भयो । ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउने सम्मको दुःखद घटना भएको उहाँले जानकारी दिनु भयो ।
