
Ssbus
nsm
tssbus
Pbu
Ssbus
Sssbus1
Sssbus1
Gsl
ssbus
Ssbus

Vor
Hal
Gst
Pvg
Rgu
Rsb
Sls
Ggd
Rgu
Rgs
Ksm
Bbu
Ssm
Asm
Bbbpu
Wsp
nsb
Tsm
Sbs

sab
Gsb
Jmb
bbt
Mks
Pls
Syp
Ptm
Abd
Rmb
Rpp
Bml
Jmb
दाङ । राप्ती गाउँपालिका भालुबाङ स्थित उद्योग वाणिज्य संघ भालुबाङले यही फाल्गुन १९ गतेदेखि चैत्र १ गतेसम्म पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि व्यापार तथा पर्यटन महोत्सव २०७९ आयोजना गर्ने भएको छ ।
सो महोत्सव सम्पन्न गर्नको लागि विभिन्न विषयमा जानकारी गराउन आज भालुवाङमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काको अध्यक्षता र सचिव भरतमणि न्यौपानेको सञ्चलानमा भएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष खड्काले जानकारी गराउनु हुँदै यस क्षेत्रको व्यापारिक पर्यटन तथा कृषि महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको कलासंस्कृति, स्थानीय जाती जनजातिहरुको गीत,नृत्य लगायत नाट्यकला प्रदर्शन गरिने भएको छ ।
साथै स्थानीय कृषि प्रवर्धनका लागि कृषि स्टलहरु, दर्शकहरुको मनोरञ्जनको लागि चर्खे पिङ्ग, बोटिङ, रेलगाडी,मौत कुवा, लगायतका कार्यक्रमहरु प्रस्तुत हुने छन्। यसैगरी विभिन्न किसिमका खानपान, सुपथ मूल्यमा लत्ताकपडा लगायत घरायसी सामानहरू खरिदबिक्रीका लागि स्टलहरुको व्यवस्था मिलाइने भएको छ। सो महोत्सव सफल पार्न राप्ती उद्योग वाणिज्य संघ कार्यसमितिको अध्यक्ष सुरज खड्काको नेतृत्वमा विभिन्न संघ,संस्था तथा सामाजिक जीवनका विभिन्न व्यक्तिवाहरूको सहभागिता रहने गरी १५१ सदस्यिय मूल आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ।
त्यसैगरी महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराइने र करिब नौ करोडको आर्थिक कारोबार गरिने उद्देश्य समेत राखिएको छ । उद्घाटन समारोहमा विभिन्न संघ,संस्था, समुदाय तथा विद्यालयहरुबाट प्रतिनिधित्व हुने गरी विभिन्न झाँकी प्रदर्शनी समेतको आयोजना गरीएको पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति मार्फत जनाएको छ । सो झाँकीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु दश हजार, सात हजार र पाँच हजारको नगद व्यवस्था समेत र झाँकीमा सहभागी सबै टोलीलाई प्रति झाँकी रु तीन हजारको दरले पुरस्कृत गरिने समेत जानकारी गराइएको थियो।
