
Ssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
Ssbus
nsm
ssbus
Gsl
tssbus

Wsp
Tsm
Pvg
Sls
Ssm
Rgs
Bbbpu
Hal
Rgu
Vor
Rgu
Sbs
Gst
nsb
Bbu
Ggd
Ksm
Rsb
Asm

Mks
Jmb
Rpp
sab
Abd
Syp
bbt
Jmb
Ptm
Gsb
Bml
Pls
Rmb
गुल्मी । गुल्मी जिल्लामा यो बर्ष २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला जिल्लामा उत्पादन भएको छ ।
जिल्लामा यो वर्ष उत्पादनशिल क्षेत्रफल ५८८ हेक्टर क्षेत्रफलमा ६ हजार ८३८ मेटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । जिल्लामा गत बर्षभन्दा १६.८९ प्रतिशत उत्पादनमा बृद्धि भएको हो । गत बर्ष उत्पादनशिल क्षेत्रफल ५३० हेक्टरमा ५ हजार ९३६ मेटन उत्पादन भएको थियो ।
जिल्लामा उत्पादीत सुन्तला जिल्लामै खपत गरेर बाँकी २ हजार ५९१ मेटन निर्यात हुने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जसबाट करीब १३ करोड २१ लाख ४१ हजार आम्दानी हुने भण्डारीले बताए । जिल्लाबाट उत्पादीत सुन्तला वुटवल,पोखरा, काठमाडौं लगायतका मुख्य ठूला शहरहरुमा बिक्रीका लागि लैजाने गर्दछन् । यसवर्ष सुन्तला उत्पादन बृद्धि भएपनि उचित मूल्य नपाएको कृषकहरुको भनाई छ ।
जिल्लामा गत वर्ष उत्पादन कम भएका कारण यो बर्ष बढेको देखिएको हो । उत्पादनशील क्षेत्रफलमा बृद्धि, फल बाक्लो लागेको, बगैचा व्यबस्थापनमा सचेतना बढ्दै जानु, मौसम अनुकुल हुनु, फल्ने बोटको संख्यामा बृद्धि भएको छ । जिल्लाका प्रायजसो सबै पालिकाहरुमा सुन्तला खेती गरेता पनि सुन्तला उत्पादनको लागी पकेट क्षेत्र मानिएका स्थानहरुमा धुर्कोट गापाको नयागाउँ,पिपलधारा,हाडहाडे, रजस्थल,वस्तु, छत्रकोट गापाको लुम्छा, काउले,श्रृङ्गा,रुक्से, हुँगा,पल्लिकोट,रेसुङ्गा नगरपालिकाको भाडगाँउ,बालकाटे, भुवनपानी, गुरुङगाउँ,अर्खले,रुरु गाउँपालिकाको मुसिडाँडा र चौतारा,मुसिकोट नगरपालिकाको अर्लाङकोट गुल्मी दरवार गापाको गौडाकोट,भट्टेचौर,जुभुङ, कालीगण्डकी गापाको अर्बेनीको देउराली, छापचौर र जयखानी,चन्द्रकोट गाउँपालिकाको रेमी र हरेवा, मदाने गापाको भनभने हुन् ।
जिल्लामा सुन्तलाको खेती गर्ने परम्परागत प्रविधि बिद्यमान भएको कारण गुल्मीका ९५% भन्दा बढि सुन्तला बगैचा बिजुबोटकै छन् । जसको कारण फेद कुहिने, जरा कुहिने रोग, गमोसिस सबैभन्दा बढि समस्या देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । अधिकाशं बगैचामा मलखाद र शुक्ष्मतत्वको अभावका कारण पात पहेलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन् । सिंचाई, काँटछाँटमा कम मात्र ध्यान पुगेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
सुन्तलमा सिट्रस ग्रिनिङ भन्ने रोगको समस्या पनि ठाँउ ठाँउमा देखिएको छ । पतेरो, गवारो, लाही, झ्याउ, ऐजरु, फल कुहाउँने औसा लगायत अन्य रोग तथा कीराको प्रकोप पनि देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीले बताए । समस्याहरु समाधान गर्नका निमित्त बिरुवा रोप्ने देखि फल टिफ्ने बेला सम्ममा बगैचा व्यबस्थापन संबन्धी बिभिन्न प्रविधिहरु सिफारिश गरिएका छन तर उक्त प्रविधिहरु थोरै कृषकहरुले मात्र अनुसरण गरेका कारण हाम्रा बगैचा ह्रासभै रहेका छन् ।
सुन्तलाजात फलफूलको दिगो रुपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रबाट सुन्तलाका अगौटे तथा पछौटे जातहरु पहिचान गरि तिनको व्यबसायीकरण गर्ने भएको छ । गूणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यबस्थापनमा सुधार गर्ने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गूणस्तरको मापदण्ड निर्धारण गर्ने, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको बिस्तार गर्ने, बिजु बिरुवा रोपण गर्ने कार्य पूर्णमा रुपमा बन्द गर्ने भएको छ ।
त्यस्तै बगैचा व्यबस्थापनमा सुधार जस्तै मलखाद, सिंचाई, काँटछाँट गरि उत्पादकत्व बृद्धि गर्ने, प्रभावकारीरुपमा रोगकीरा व्यबस्थापन गर्ने,बृहत उत्पादन क्षेत्र निर्माण गर्दै जाने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । फल टिपाई, ग्रेडिङ, भण्डारण, ढुवानी र बजार व्यबस्थापनमा सुधार गर्ने, सुन्तलाको अगौटे जातः ओकित्सु वासे र मियागावा वासे भाद्र देखि कार्तिक सम्म उत्पादन हुन्छ तथा पछौटे जातः किन्नो जुन भारतबाट पुष देखि चैत्र सम्म आयात हुन्छ। उक्त दुई जातहरुको प्रदर्शन गरि व्यवसायिक उत्पादनमा लैजाने भएको छ । स्थानीय तहका कृषि प्राविधिहरुको क्षमता अभिबृद्धि गर्दै जाने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
