Sidha Patra मंगलबार, माघ २४, २०७९

प्रकाशित २३ माघ – काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल,मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

त्यस्तै पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ । ‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

यस्तै १६ माघमा प्राप्त नयाँ खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८.१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ, मटितेलमा ४. ६१ रुपैयाँ र हवाई इन्धनमा ७.८ रुपैयाँ मुल्य बढेर आएकाले मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टीकरण छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]