
Rgp1
Lnp
Ggp
Unsku
Srbpu
pku
Rgp
Sgr
Pbu

Wsp
Ssm
Bbu
Rgs
nsb
Gst
Hal
Rgu
Ksm
Asm
Vor
Sls
Rsb
Ggd
Rgu
Bbbpu
Tsm
Pvg
Sbs

Jmb
Pls
Bml
Mks
Abd
sab
Ptm
Rpp
Jmb
Rmb
Gsb
bbt
Syp
दाङ । देउखुरीको रोजि बड्स बाल बाटिका माध्यामिक विद्यालय लमहीको २२ औं वार्षिकउत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनयकुमार मिश्रको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनु भएका चौधरीले शैक्षिक क्षेत्रको विकासको लागी सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने बताउनु भयो । उहाँले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन अभिवृद्धि गर्न समय अनुसार शिक्षण सिकाई क्रियाकलापहरु रचनात्मक बन्दै जानुपर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी,प्रशिक्षक प्रितम पौडेल,प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी,लमहीका अध्यक्ष नारायणप्रसाद भुसाल,रोजी विद्यालयका संस्थापक अध्यक्ष तथा लमही नगरपालिका निवर्तमान प्रमुख कुलबहादुर केसी लगायतका वक्ताहरुले संस्कारयुक्त शिक्षा प्रदान गर्दै अभिभावक तथा शिक्षकले विद्यार्थीलाई हौसला दिनुपर्नेमा जोड दिइएको छ ।
यस्तै घरमा बालबालिका गाली खाएर हुर्किरहेको भन्दै यस्तो बानी व्यवहार छोड्न अभिभावकलाई आग्रह गरिएको छ । बालबालिकाले भनेर होइन देखेर सिक्ने भन्दै घरमा पठनिय बातावारण बनाउन अभिभावकले ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु यादवले प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतीक प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण घिमिरे,पूर्ण ओलीले गर्नु भएको थियो ।
