
pku
Gfs
Djs
Pes
Ggp
Sgr
Pbu
sbs
Srbpu
Unsku
cjs
Lnp
Rgp1
Rgp

Bbbpu
Pvg
Ksm
Rgu
Ssm
Tsm
Bbu
Wsp
Ggd
nsb
Sls
Sbs
Rgu
Rsb
Rgs
Vor
Hal
Asm
Gst

Jmb
Rmb
Pls
bbt
Gsb
Rpp
Abd
Ptm
Mks
Jmb
sab
Bml
Syp
काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर गृह मन्त्रालयको मिति २०७९/ ०९/२९ गतेको निर्णय अनुसार साविक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौंबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर मोरङ सरुवा हुनुभएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक डिआईजी श्यामलाल ज्ञवालीलाई एक कार्यक्रम समारोहका बीच बिदाई हुनु भएको छ ।
उक्त बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक (डिआईजी) ज्ञवालीले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ एवं प्रभावकारी रुपमा प्रहरी परिचालन गरी संगठनको हकहितका लागि केन्द्रित भई काम गर्नुका साथै व्यवसायिक तथा सक्षमताका साथ कार्य सम्पादन गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
त्यस्तै धन्यवाद मन्तव्य व्यक्त गर्दै यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय,गौचरका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सीले सो कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
