
Srbpu
Rgp
Sgr
Pes
Ggp
pku
Lnp
Djs
Unsku
Pbu
Rgp1
Gfs
cjs
sbs

Bbbpu
Sbs
Rgu
Ksm
Tsm
Bbu
Sls
Asm
Pvg
Wsp
Ggd
Gst
Rsb
Rgu
Hal
Ssm
nsb
Vor
Rgs

Syp
Jmb
Rmb
Abd
Bml
Pls
sab
Ptm
Gsb
Rpp
Mks
Jmb
bbt
दाङ । देउखुरीको लमहीमा अत्याधुनिक सुविधा सम्पन्न सहित सिद्धार्थ होटल ग्रिन संचालनमा आएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा लमही नगरविकास समितिको साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको जग्गामा वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरि संचालनमा आएको हो ।
होटलले बिहिबार आफ्नै सभा हलमा होटल संचालन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा पत्रकार सम्मेलन गरि होटलद्वारा दिइने सेवा सुविधाको बारेमा जानकारी गराएको छ । होटलले नगर विकास समितिसंग ३० वर्षको सम्झौता गरेको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै उक्त होटल व्यवस्थापनमा २० करोड रुपैयाँ खर्च भैसकेको र अझै मास्टर पालन अनुसार २५ करोड थपगरि ४५ करोडमा होटल व्यवस्थापनको कार्य सम्पन्न गरिने होटलले जनाएको छ ।
तत्काल होटलमा २० वटा अत्याधुनिक सुविधायुक्त १ हजार बढी मानिस अटाउने दुई तल्लामा सभा हल र मिटिङ कोठा रहेका छन् । यस्तै पारिवारिक वातावरण भएको रेष्टुरन्ट, प्राईभेट डाईनिङहल,बार,स्विमिङ्ग पुल,स्पा लगायतका सेवाहरु पुस २९ गते शुक्रवारदेखि संचालन हुने बताइएको छ भने निकट भविष्यमा ४२ वटा सुविधायुक्त कोठा,जिम,हेल्थ क्लब साथै चार तारे होटेलको सुविधा दिईने योजना रहेको होटल व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै देउखुरी क्षेत्रको पर्यटकीय स्थलको चिनारी यहाँको मौलिक कला संस्कृति, स्थानीय खानाका परिकारहरुलाई समेत प्राथमिकता दिई आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा अगाडी बढाउने योजना रहेको होटेलका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले जानकारी दिनु भयो ।
लुम्बीनी प्रदेशमा होटेल व्यवसायलाई थप गुणस्तरिय बनाउने उदेश्य साथ होटेल व्यवसायमा लगानी गर्दा आएको सिद्धार्थ ग्रपले २०६० साल माघ २३ गते कैलालीको टिकापुरबाट सेवा आरम्भ गरेको होटलले लमहीमा संचालित सिद्धार्थ होटल ३१ औं शाखाको रुपमा रहेको सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले राम्रो सुविधायुक्त होटेलको अभाव रहेको बेला यस क्षेत्रमा सचालित सिद्धार्थ होटेल आन्तरिक तथा बाहय पर्यटकलाई सेवा दिनुको साथै स्थानियलाई रोजगारीको अबस्था समेत श्रृजना गरेकोमा खुसि व्यक्त गर्नु भयो ।
दाङ जिल्लाका क्रियाशील पत्रकार विभिन्न समाजसेवी एवं बुद्धिजीवीहरु उपस्थितिमा सम्पन्न भएको पत्रकार सम्मेलन कार्यक्रमको संचालन उक्त होटल संचालक रबि आचार्यले गर्नु भएको थियो ।
यस्तै उक्त होटलको उद्घाटन पुस २९ गते शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले गर्ने कार्यक्रम तय भएको होटलले जानकारी दिएको छ । सो कार्यक्रम मध्यान्न साढे १२ बजे देखि ४ बजे सम्म हुने बताइएको छ ।
