
Gsl
tssbus
Sssbus1
Ssbus
Ssbus
Sssbus1
Ssbus
Bs1
ssbus
nsm
Pbu

nsb
Rgu
Ssm
Rsb
Hal
Tsm
Wsp
Bbu
Gst
Ksm
Sls
Vor
Asm
Ggd
Pvg
Bbbpu
Sbs
Rgs
Rgu

bbt
Bml
Mks
Jmb
Gsb
sab
Abd
Rpp
Pls
Jmb
Syp
Ptm
Rmb
आश्विन १ गते-बिहीबार,कपिलवस्तु । कपिलवस्तुको महाराजगंज सब–स्टेशनबाट विद्युत सेवा सुचारु भएको छ ।
नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीकरण तथा विस्तार आयोजना अन्तरगत महाराजगंजमा सब स्टेशन निर्माण गरिएको हो । नेपाल विद्युत विद्युत प्राधिकरणले कपिलवस्तुको महाराजगंज नगरपालिका १ मा निर्माण गरिएको सब स्टेशनबाट आज विद्युत सेवा सुचारु गरेको ह ।विद्युत पहुचबाट टाढा रहेको जिल्लाको हरदौना, कुशहवा जस्ता गाँउमा विद्युत प्रवाह गर्नका लागि महाराजगंज सव स्टेशनबाट विद्युत सेवा सुचारु गरिएको कृष्णनगर विद्युत प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिनुभयो। महाराजगंजमा सब स्टेशन नहुदा चन्द्रौष वितरण केन्द्रबाट विद्युत प्रवाह हुदै आएको थियो । महाराजगंज सव स्टेशनलाई चर्जा गरी जिल्लाको विद्युत सेवालाई चुस्तदुरुष्त बनाइएको कृष्णनगर प्राधिकरणका प्रमुख शेखले जानकारी दिनु भयो ।
जिल्लाको बुटहनिया, मर्यादपुर, तौलिहवा, हरदौनाको क्षेत्रको करिब एक हजार घरधुरीले सब स्टेशनबाट विद्युत सेवा पाउने नेपाल विद्युत प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । कुल ३ अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत सेवा प्रवाहमा सजिलो हुने बुटवल डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो ।ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सब स्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो । दुई बर्ष सम्म निर्माण सक्ने सम्झौता भएपनि विभिन्न कारणले गर्दा निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक म्यानेजर सागर लुइटेलले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणको वितरण प्राणली सुद्धीकरम तथा विस्तार आयोजना अन्तरगत महाराजगंजबाट ३३ केविए विद्युत लाइनलाई कन्ट्रोल गरी ११,११ केविए को सप्लाई दिइएको हो । आज विश्वकर्मा पुजाको दिन राम्रो मनिएकोले सब स्टेशन चर्जा गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ ।
प्राधिकरणले जग्गा खरिद गरेर सब स्टेशन निर्माण गरेको हो । असार मसान्तमा निर्माण सकिएको सब स्टेशन आज देखि चार्ज गर्न थालिएको हो । चन्द्रौटा सब स्टेशनबाटै विद्युत बाल्दैआएका महाराजगंजबासीलाई महाराजगंजमा सब-स्टेशन निर्माणपछि सहज भएको छ । चन्द्रौटामा केही समस्या आउँदा विद्युत बन्द गर्नुपर्ने समस्या थियो अब देखी समस्या समाधान भएको छ ।
