सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, पुष २७, २०७९

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले मंगलबार मदन चोक चिसापानी चोक लगायतको स्थानहरुमा साइकल अटो,ट्याक्टर, मोटरसाइकल, स्कुटी लगायतको सवारी साधनहरुमा रातिमा टल्कने स्टिकर लगाउनुको साथै विभिन्न चोकहरुमा ट्राफिक चिन्ह टल्कने स्टिकर लगाएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले सम्पूर्ण सवारी साधन र विशेष गरि साइकल चलाउदा ध्यानदिनु पर्ने बताउनु भयो । बजार क्षेत्रमा विभिन्न उद्देश्यसंगै कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य सवारिसाधनहरूमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ ।त्यस्तै सडकमा बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियानलाई निरन्तरता दिइएको र बाँकेमा चिसो र हुस्सुले केही पनि नदेख्ने भए पछि ट्राफिक प्रहरीले यो अभियान चालेको हो । अब यस्तो अभियान बाँके जिल्लाभर गर्ने बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक शाहले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]